३० हजार अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ

कालचिनीः आइतवार राती प्रायः ११.३० बजी एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधीनस्थ जयगाउँ एफ कम्पनीका एसएसबी जवानहरूले फुन्छेलिङ भोटाङबाट जयगाउँतर्फ आइरहेको एकजना व्यक्तिलाई भारतीय सीमाबाट ३० हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो।
नोटको सत्यता जाँच पश्चात पक्राउ परेका व्यक्ति र जफत गरिएको ३० हजार अमेरिकी डलर जयगाउँ सीमा शुल्क कार्यालयमा सुपुर्दगी गरिएको एसएसबी सुत्रले जनाएका छन्। पक्राउ परेका व्यक्तिको नाम नखोलाएतापनि तिनी तामिलनाडु राज्यको बासिन्दा भनि बताइएको छ।

याे पनि हेर्नुस्

Leave a comment