सरस्वती पूजा साथै भजन-किर्तन सम्पन्न


बानरहाट: आज वसन्त पञ्चमी साथै सरस्वती पूजा बानरहाट अन्तर्गत आमबारी चियाबारी मन्दिर लाइनमा अत्यन्त हर्षोल्लसका साथ सम्पन्न भयो। उक्त सरस्वती पूजा गाउँका सा-साना नानीहरूले चन्दा सङ्कलन गरेर सम्पन्न गरेका थिए। सरस्वती पूजा सम्पन्नपछि स्थानीय गाउँलेहरूले देवी सरस्वती बन्दना र भजन गाउँदै गाउँको परिक्रमा गरे भने पूजाको पूर्व सन्ध्यामा पूजा स्थानमा गाउँले भेला भएर भजन-किर्तन र मानव धर्म सेवा संघले सत्सङ्ग प्रवचन प्रस्तुत गरे। गाउँका सा-साना विद्यार्थी नानीहरू अङ्गत कुमाल, सुशन्त राई, रोहिनी राई, गणेश राई आदिले सुमधुर भजन गाएर गाउँलेहरूलाई मन्त्रमुग्ध पारे। यसैगरी पूजा संयोजक साथै मानव धर्म सेवा संघका संयोजक बिरेन राईले आफूले भोगेको जिन्दगी र मानव जीवनको यथार्थ सम्बन्धि प्रवचन प्रस्तुत गरे भने सुभाष राई, कृष्णप्रसाद शर्मा, अर्जुन निरौला,सारिका राई, शिला राई, मन्सु राई, विजय उराँव,कान्छा विश्वकर्मा, कान्छा गुरुङ, रुपेश गुरुङ , रेनु गुरुङ साथै गाउँका बुजुर्गहरूको भरी मात्रामा उपस्थिति रहेको थियो। यसै अवसरमा गाउँका बुजुर्गवर्गको हातबाट नानीहरूलाई खाता पेन्सिल वितरण गरि शिक्षाप्रति अग्रसर हुने आह्वान पनि गरे।

याे पनि हेर्नुस्

Leave a comment