एकलव्य मोडल स्कूलका टपर अभिनव लामालाई गाउँलेहरूले दियो बधाई


एकलव्य मोडल स्कूलका विद्यार्थी अनि अभिभावकहरूमा खुसीको लहर

कालचिनीः बिहीवार पश्चिम बंगाल माध्यमिक परीक्षाफल घोषित भएपछि उत्तीर्ण हुने विद्यार्थी अनि अभिभावकहरूमा खुसीको लहर देखिएको छ। यसै क्रममा डुवर्सको नगरकट्टा ब्लकस्थित एकलव्य मोडल स्कूलको पनि राम्रो परिणाम भएको र स्कूल टपर मात्र नभएर नगरकट्टा ब्लकभरि नै माध्यमिक परीक्षाफलमा सर्वोत्कृष्ट अङ्क ६२५ हासिल गर्न सफल भएका छन् कालचिनी खण्डको भाटपाडा बी चियाकमान निवासी पिता नवीन लामा र माता पूजा लामाको सुपुत्र अभिनव लामा। अभिनव लामालाई शुक्रबार नगरकट्टा एकलव्य मोडल स्कूलका शिक्षक एवम् कर्तृपक्षले बधाई साथै उपहार प्रदान गरेको थियो।


नगरकट्टाबाट कालचिनी आइपुग्दा नगरकट्टा ब्लक टपर अभिनव लामा र तिनको आमा पूजा लामाले परीक्षाफलले हर्ष लागेको जनाएका छन्। अब कक्षा १२ को निम्ति प्योर साइन्स विषय लिएर अगाडी अध्यनको योजना रहेको अभिनव लामाले थप जनाएका छन्। यता कालचिनी विधायक विशाल लामाले पनि अभिनवको माध्यमिक परीक्षामा सफलताले आगामी भविष्यको बाटो सुगम भएको र आउँदो १२ कक्षामा पनि तिनले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्।

याे पनि हेर्नुस्

Amazon

Women’s Skinny Fit Jeans

Miss Chase Women’s Skinny Fit Jeans

Buy Now

Leave a comment