अलिपुरद्वार जिल्लाले प्रथम स्थान ओगट्न सफल
कालचिनीः बुधबार उच्च माध्यमिक परीक्षाको फलाफल प्रकाशित भयो। परीक्षाको फलाफलपछि डुवर्सको अलिपुरद्वारमा खुसीको माहौल छाएको छ। अलिपुरद्वार म्याक विलियम स्कूलको विद्यार्थी अभिक दास पश्चिम बङ्गालभरीमा उच्च माध्यमिक परीक्षामा टपर बनेका छन् | तिनी अलिपुरद्वार खोल्टा निवासी रहेको बताइएको छ।
तिनले मोठ ४९६ सर्वोच्च अङ्क हासिल गरेर ९९.२ % ल्याएर बंगाल टपर बनेका छन्। बंगाल टपर अभिक दासलाई तिनको घरमा पुगेर बधाई दिनेहरूको अहिले घुँइचो लागेको छ। यसरी नै राज्यमा नै नवौँ स्थानमा आएकी छन् अलिपुरद्वार गर्ल्स हाईस्कूलका छात्री अन्वेषा दत्ता। तिनले मोठ ५०० अङ्कमा ४८८ अङ्क हासिल गरेकी छन्| ज्ञात रहोस् माध्यमिक परीक्षाफलमा कोचबिहार जिल्लाले राज्यमा प्रथम स्थान ओगटेको थियो भने उच्चमाध्यमिक परीक्षाफलमा भने अलिपुरद्वार जिल्लाले प्रथम स्थान ओगट्न सफल भएको छ।
याे पनि हेर्नुस्
Amazon
Ultralight Gaming Headset
Razer Kraken X Ultralight Gaming Headset: 7.1 Surround Sound – Lightweight Aluminum Frame – Bendable Cardioid Microphone – for PC, PS4, PS5, Switch, Xbox One, Xbox Series X|S, Mobile – Black/Blue