कालचिनीः जयगाउँ थानाको पुलिसबलले एउटा गोप्य सूचनाको आधारमा मङ्गलवार अपराह्न समय भारत भोटाङ सीमान्त सहर जयगाउँ २ नम्बर ग्राम पञ्चायत अन्तर्गत गुवाबारी क्षेत्रको एउटा घरमा अभियान चलाउँदा ब्राउन सुगर प्याकेटिङ गर्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मजिबुल इस्लाम (३९), महाबुल इस्लाम (३२) (पति) र ममता बेगम (पत्नी) लाई पुलिसले पक्राउ गरेको छ। जफत गरिएको अवैद्य ब्राउन सुगरको परिमाण २७० ग्राम रहेको बताइएको छ भने मापक यन्त्र साथै नगद ७७ हजार ५०० रुपियॉं पनि बरामद गरिएको पुलिस सुत्रले जनाएका छन्।
पक्राउ परेका तीनजनालाई आज एनडीपीएस एक्ट अन्तर्गत अलिपुरद्वार जिल्ला अदालतमा पठाएको जयगाउँ थाना सुत्रबाट थाह लागेको छ। जयगाउँ थानाका पुलिसबलको अवैद्य ड्रग्स सम्बन्धित अभियान जारी रहने र यस धन्धामा संलिप्त कसैलाई पनि नछाडिने पुलिस सुत्रले जनाएका छन्।
याे पनि हेर्नुस्
Amazon
Ultralight Gaming Headset

Razer Kraken X Ultralight Gaming Headset: 7.1 Surround Sound – Lightweight Aluminum Frame – Bendable Cardioid Microphone – for PC, PS4, PS5, Switch, Xbox One, Xbox Series X|S, Mobile – Black/Blue