टोटोपाडामा एसएसबीको पर्यावरण संरक्षण सम्बन्धित कार्यक्रम सम्पन्न

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको निर्देशनमा आइतवार मदारीहाट खण्डको भारत भोटाङ सीमान्त टोटोपाडा गाउँमा लाइफस्टाइल फर इनभाइरोमेन्ट अन्तर्गत सचेतना शिविर सम्पन्न भएको जानकारी एसएसबी सुत्रले दिएका छन्।
उक्त अवसरमा नै यूरेका सोसाइटी एनजीओको पक्षबाट एसएसबीको सहयोगितामा टोटोपाडामा ५० वटा तारपोलिन पनि आउँदै वर्षाकाललाई ध्यानमा राखेर वितरण गरिएको थियो। उक्त कार्यक्रममा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कार्यवाहक कमान्डेन्ट दिलीप सरकार लगायत यूरेका सोसाइटीका प्रतिनिधिहरुको मुख्य उपस्थिति रहेको थियो।

यो पनि हेर्नुहोस्

https://matokuri.com/hattilai-bhatkaya-shiv-mandir/

Leave a comment