अग्नि वीर

रविन खवास

लुकसन, डुवर्स

आज बिहानै अजयले गणेश भगवानको पूजा गर्यो। आमाले बिहानैदेखि नै छिटो उठ भनेर कराइरहेकी थिइन्। आमाले गरेको दुई पटकको सम्बोधनमा नै उ उठी हाल्यो। यसै त बडा ह‌उदाबाट वीरपाडा नेपाली हाई स्कूल जानु पन्द्रह मिनट मात्र लाग्छ। सवुज साथी (हरियो मित्र) साईकल चढेर मात्र पाँच मिनेटमै स्कुल पुगिन्छ। आमा हतारिदै खाना अजयलाई दिई राखेर कमान हिँडिन्। गोलभेडाको अचार, निगुरोको सब्जी, चारवटा रोटी र एक गिलास नुन हालेको चियासँग मजाले ब्रेक फास्ट गर्यो।

जनवरी र फरवरी महिना गाँउमा भ‌एको दुईवटा भगत महापूराणको दृश्यहरू आँखामा नाँच्न थाल्यो । उर्वशी र कोपिलाको मृदु नयनहरू, नृत्य गर्दा गर्दै हेर्थे। ‘यो संसार माया जाल हो’ पण्डितले भनिरहेका थिए। अजय भने मायाहरूसँगै हुरुक्क बनेर नाचिरहेका थिए। नाच्दा नाच्दै उर्वशीले भनेकी थिइन ‌। ‘अजय, मलाई घर पुर्याउँदिनु है । ‘मायालु अपिल उष्ण मुस्कानले अजय मख्ख परेर ‘ल …..!’ नै  भन्न भुलेका थिए।

किरिङ्ग किरिङ्ग साइकलको घण्टी बज्यो।

‘एई अजय, स्कुल हिँड, आज रिजल्ट………..! नारायण करायो।

 ‘ए आएँ, आएँ …..!’

अजय, साइकलको केरियरमा उफ्रेर चढ्यो।

‘ओ देश मेरे, तेरे शान ये सर के …….!’ गीत गाउँदै नारायणले साईकल हाँक्न थाल्यो। नारायणले सिधै साइकल गेटबाट भित्र नै छिरायो।

‘एई अहिले कृष्ण सरले देखे भने मार्छ।’ अजयले सतर्क गरायो। किताब सिंह राईको सालिकमा पुगेर रोक्यो। नारायणले एउटा फुल चढाएर ढोक्यो।

नोटिस बोर्डमा माध्यमिक परीक्षामा उत्तिर्ण परिक्षार्थीहरूका नाम थियो।

अफिसमा हर्कु सर, सन्तोष सर अनि हेडसर रञ्जित सरले रिजल्ट बितरण गरिरहेका थिए। नारायण फस्ट डिभिजन भ‌एछ, उनलाई सबैले बधाई र शुभकामना दिए।

हर्कु सरले ‘तँ साइन्स लिएर पढ्नु बुझिस् !’ यति भनेको अजयले सुन्यो।

अजय घरमा एक्लै आयो। उसले आफ्नो रिजल्ट हेर्यो। उसले पूर्णाङ्क एक सय अस्सी मात्र देखे।

बेलुकीको चार बजेको हुँदो हो। आमा आइपुगिन्।

‘एई अजय, आज तेरो रिजल्ट होइन..?’ झोलीभरी ल्याएको घाँस बाख्रालाई हालिदिदै सोधिन्।

अजयले उत्तर दियो, आमाले बुझिन् कि बुझिनन्।

‘आमा, म अग्नि वीर ….!’

याे पनि हेर्नुस्

Amazon

Universal Travel Adapter

rts Universal Travel Adapter, International All in One Worldwide Travel Adapter and Wall Charger with USB Ports with Multi Type Power Outlet USB 2.1A,100-250 Voltage Travel Charger (Black)

Buy Now

Leave a comment