विश्व प्रार्थना दिवसको होमसितै गुरु भवनको शिलान्यास

विश्व प्रार्थना दिवसको होमसितै गुरु भवनको शिलान्यास


कालचिनीः मेचपाडा ८ नम्बरस्थित पेमा छोई फेलिङ मोनास्ट्रीमा शनिबार जामलिङ चिसाङ अर्थात विश्व प्रार्थना दिवसको उपलक्ष्यमा पूजा तथा होमसितै गुरु भवनको शिलान्यास सम्पन्न भएको गुम्बा कमिटीको पक्षबाट डेनी थिङ र विकास गुरुङले जनाएका छन्। शनिबार यस अवसरमा अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघको बोर्ड अफ डाइरेक्टर जङ्गबीर बम्जनलगायत वरिष्ठ सदस्य धर्म मित्रगण ज्ञानलाल थोकर, रिठे गुरुङ, माइला लालुङबा, अन्यान्य धर्म उपासक उपासिकाहरूको उपस्थिति रहेको थियो। पेमा छोई फेलिङ मोनास्ट्रीका प्रमुख लामा पुरोहित टेक्का लामा कैलाश दोङ र लामागुरु उमेश गुरुङ, लामा दिलीप स्याङबो, लामा कान्छाको पवित्र मन्त्रोच्चारणसितै आरम्भ भएको विश्व प्रार्थना दिवसको होमसितै पेमा छोई फेलिङ मोनास्ट्रीको परिसरमा धर्मगुरु ख्येन रिन्पोर्चे आचार्य साङ्ग्ये लोडोको निम्ति गुरु भवनको पनि भूमि पूजन मार्फत शिलान्यास गरिएको थियो।


पेमा छोई फेलिङ मोनास्ट्रीको पक्षबाट डेनी थिङले गुम्बाको रिक्त जमीनमा गुरु भवनको निर्माण हुने र यसको निम्ति आज जामलिङ चिसाङ अर्थात विश्व प्रार्थना दिवसको छेक पारेर होम हवन गर्दै गुरु भवनको शिलान्यास सम्पन्न भएको र अब गुरु भवनको निर्माण गर्न सबै तप्काबाट आर्थिक सहयोग सङ्कलनको काममा पेमा छोई फेलिङ मोनास्ट्रीका सदस्यहरू जुटेको थप जानकारी गराएका छन्।

याे पनि हेर्नुस्


Leave a comment