१४औँ अन्तर्राष्ट्रिय म्हाणी दुङसुर पूजाको समापन
कालचिनीः गत १५ जनवरीको दिनदेखि पवित्र बुद्ध गयामा शुभारम्भ भएको अन्तरराष्ट्रीय म्हाणी दुङसुर पूजाको आइतबार साँझ समापन भएको जानकारी अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको महासचिव तथा घर्मगुरु आचार्य साङ्गे छोफेलले दिएका छन्। आइतबार साँझ विधिवत रुपमा मेण्डल पूजासितै महागुरु ख्येनछेन् रेम्बोर्जे साङ्गे लोडोको वाङ आशीर्वाद ग्रहण पश्चात पूजाको समापन भएको थियो।
५ दिवसीय म्हाणी दुङसुर पूजामा सहभागी बनेका धर्म उपाशक उपाशिकाहरू एवम् भोजन र प्रसाद वितरण अनि व्यवस्थापन धम्म मित्रमा पूजा आयोजक कमिटीलगायत अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको पक्षबाट महासचिव धर्मगुरु आचार्य साङ्गे छोफेलले आभार व्यक्त गरेका छन्।