बाइसनको शव उद्धार

बाइसनको शव उद्धार


नगरकट्टा :नगरकट्टा थाना अन्तर्गत पर्ने चेङ्गमारी चियाबारीबाट एउटा पूर्ण व्यस्क अर्ना भैँसीको शव उद्धार गरिएको छ। अर्ना भैँसीको शव बुधवार दिउँसो बिन्नागडी अनि डायना रेञ्जका वन्यजीव शाखाका बनकर्मीहरूले चियाबारीको एच 1 अनि एच 2 शेक्सनको बीचबाट उद्धार गरेका थिए। गत मंगलवार तीनवटा अर्ना भैँसी एकै साथ उक्त चियाबारीमा पसेको थियो बन विभागले मंगलबार साँझसम्म दुईवटा अर्ना भैँसीलाई जङ्गलमा लखेट्न सफल भएता पनि एउटा अर्ना भैँसी चिया बागानमा रहेको थियो। बुधबार बिहान अर्ना भैँसी पुनः चिया बगानमा दौडधुप गर्न थालेपछि स्थानीय मानिसहरू त्यसलाई हेर्न भीड लागेको थियो। अत्यधिक भीड र तनावका कारण अर्ना भैँसीले दबाब सहन गर्न नसकेर मृत्यु भएको हुनसक्ने अनुमान बन बिभागले लगाएको छ। अर्ना भैँसी अत्यधिक दौडधुप गर्न सक्दैन, यदि उसले धेरै भागदौड गर्‍यो भने हृदयाघातका कारण मृत्यु हुन सक्ने सम्भावना हुन्छ।

खुनिया वन्यजीव शाखाका रेञ्जर सजल कुमार डेले मंगलबार चेङ्गमारी चियाबारीमा तीन अर्ना भैँसी प्रवेश गरेको सूचना प्राप्त भएको जानकारी दिए। साँझसम्म दुई अर्ना भैँसीलाई जंगल फर्काइएको थियो तर एउटा त्यहीँ रहेको थियो। वन कर्मचारीहरू रातभर त्यसको निगरानीमा रहेका थिए। बुधबार बिहान अर्ना भैँसी पुनः बगानमा भाग्न थालेपछि केही समयपछि नै त्यसको शव फेला परेको थियो। मृत अर्ना भैँसीलाई उद्धार गरी डायना टोल लगिएको छ। पोस्टमार्टमपछि अन्तिम संस्कार गरिने वन विभागले जनाएको छ।

याे पनि हेर्नुस्


Leave a comment