मिरिकका युवा फोटोग्राफरहरूद्वारा खिचिएका विभिन्न फोटोहरूको प्रदर्शनी

फोटो प्रदर्शनी

मिरिक ( दीप मिलन प्रधान) : मिरिकका युवा फोटोग्राफरहरूद्वारा खिचिएका विभिन्न फोटोहरूको प्रदर्शनी सङ्गै उचित मञ्च दिने उदेश्य राखेर आगामी १,२ र ३ मार्चको दिन मिरिक लेक साइडमा सम्पन्न हुने बङ्गाल हिमालयन कार्निभलमा मिरिक फोटोग्राफी क्लबले फोटोग्राफी प्रतियोगिता एवं प्रदर्शनीको आयोजना गरिरहेको छ। यस कार्यक्रममा मोबाइल अनि क्यामेराद्वारा खिचिएका तथा मिरिकको कथालाई बोकेका फोटोहरूलाई विशेष प्राथमिकता दिइनेछ। फोटोग्राफी चार बर्गमा बिभाजन गरिएको छ जसको थीम स्टोरिज अफ मिरिक राखिएको छ। पश्चिम् बङ्गाल सरकारको पहलमा तथा मिरिक महकुमा शासकको मार्गदर्शनमा आयोजना हुन लागेको यस प्रदर्शनी एवं प्रतियोगितामा मोबाइल तथा क्यामेराद्वारा फोटो खिच्न रुचाउने फोटोग्राफरहरूले सहभागीता जनाउन सक्ने जानकारी मिरिक फोटोग्राफी क्लबको पक्षमा दिब्यदर्शन छेत्री , शेराब वाङचुक तामाङ र दिपङ्कर सुब्बाले दिएका छन् । क्लबका सदस्यहरूले पञ्जिकरणको लागि क्लबका आशिष गिरिसङ्ग सम्पर्क राख्ने आग्रह गरेका छन् ।

याे पनि हेर्नुस्

Leave a comment