गुरुङ जातिलाई जनजातिमा अन्तर्भुक्त गर्ने मागमा पोस्टरिङ

कालचिनीः ११ जातगोष्ठीलाई आजसम्म जनजाति (एसटी) वर्गमा अन्तर्भुक्त नगरिएको दाबीले अझै पनि पार पाउन नसकिरहेको बेला ११ जातगोष्ठीभित्र पर्ने गुरुङ जातिलाई यथाशीघ्र जनजातिको मर्यादा दिनुपर्ने दाबीमा अखिल भारतीय गुरुङ तमु बौद्ध संघको पक्षबाट डुवर्सको अलिपुरद्वार र जलपाइगढी जिल्लाको विभिन्न ठाउँहरूमा व्यापक पोस्टरिङ गरिएको संघको केन्द्रिय सदस्य तथा डुवर्सका सहसचिव सञ्जीव गुरुङले जनाएका छन्।
गुरुङ जातिलाई जनजातिमा अन्तर्भुक्त गरिनु पर्ने दाबीमा पहाडमा पनि पोस्टरिङ गरिएको र यता डुवर्सको कालचिनी, दलसिंहपाड़ा, जयगाउँ र हाँसीमारा क्षेत्रमा पनि पोस्टरिङ भएको बताइएको छ। केन्द्रको भाजपा सरकारले गोर्खाको छुटेका ११ जातिहरूलाई जनजाति मान्यता दिने वाचा गरेको ५ वर्ष नाघ्न लागेको र यो आउँदो लोकसभा चुनाउ अघि जनजाति घोषणा गरिनु पर्ने अखिल भारतीय गुरुङ तमु बौद्ध संघको केन्द्रिय प्रतिनिधिहरूले दाबी गरेका छन्।

याे पनि हेर्नुस्

Leave a comment