बक्सा जङ्गल सफारीमा ६ वटा वाहनको उद्घाटन

कालचिनीः बक्सा पर्यटनलाई थप बल प्रदान गर्न बक्सा ब्याघ्र प्रकल्पले जङ्गल सफारीलाई ध्यानमा राख्दै ६ वटा निजी सफारी वाहनलाई हरियो झण्डा देखाएर प्रस्थान गरेको छ। बुधबार बक्सा ब्याघ्र प्रकल्पको राजाभातखावा एनआईसीबाट उक्त ६ वटा सफारी वाहनहरूको उद्घाटन गर्दै पर्यटकहरूलाई बसाई जङ्गल सफारीको निम्ति प्रस्थान गरिएको थियो।

बक्सा जङ्गल सफारीमा ६ वटा वाहनको उद्घाटन
बक्सा जङ्गल सफारीमा ६ वटा वाहनको उद्घाटन


यस अवसरमा बुधबार बक्सा ब्याघ्र प्रकल्पको फील्ड डाइरेक्टर अपूर्व सेन लगायत बीटीआर पूर्वका डीएफडी देवाशीष शर्मा, पश्चिमका डीएफडी प्रवीण कासवान, डीएम, एडीएम, एमभीआई अधिकारीगणको उपस्थिति रहेको थियो। बक्सा ब्याघ्र प्रकल्पमा पर्यटकहरूलाई जङ्गल सफारीको सुविधा दिनलाई थप ६ वटा निजी सफारी भ्यानहरू ल्याइएको एफडी अपूर्व सेनले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment