स्थानान्तरणको रहल रकम भुगतान पश्चात सुनसान बन्यो भोटे बस्ती

मानव बिहिन बन्याे भोटे बस्ती

कालचिनीः बक्सा ब्याघ्र प्रकल्पको जयन्ती नदीको धारमा अवस्थित एउटा सानो गाउँ भोटे बस्ती र डिमा नदीको पारी कोर बक्सा जङ्गलविच अवस्थित गङ्गुटिया बनबस्तीलाई प्रत्येक परिवारको १५ लाख रुपियाँ गरेर एनटीसीएले भुगतान गर्ने चुक्ति अनुरूप पहिलो किस्त (७.५ लाख) गत २२ दिसम्बर २०२३ को दिन भुगतान गरिएको थियो भने बिहीबार भोटे बस्तीका कुल लाभार्थीहरू ५१ जनाको खातामा रहल ७.५ लाख रुपियाँ भुगतान गरिएको बक्सा ब्याघ्र प्रकल्पको अधिकारीक सुत्रले जनाएका छन्।
पहिलो किस्त ७.५ लाख रुपियाँ पाउने बित्तिकै भोटे बस्तीका सबै घरहरू त्यहाँबाट बसाई सराईमा लागेको थियो भने यता गङ्गुटिया बनबस्ती पनि लगभग रित्तो हुन लागेको छ। भोटे बस्तीका मात्र ५१ जना लाभार्थी भएकोले उनीहरूको रिलोकेशन छिट्टो भएको र गङ्गुटिया बनबस्तीलाई सरुवा हुन अझै केही दिन लाग्ने बताइएको छ। यता राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले दुवै बनबस्तीका मानिसहरूलाई रिलोकेशनको सुविधा प्रदान गर्दै कालचिनी खण्डको भाटपाडा चियाबारी संलग्न रहेको सरकारी जमीनमा बनछाया प्रकल्प अन्तर्गत पट्टासहितको जमीन दिएकोले हाल दुवै बनबस्तीका गाउँलेहरू बनछाया बस्तीमा घरहरू स्थानान्तरण गर्न लागिपरेका छन्।
बाघ संरक्षण र शिकार आधार क्षेत्र वृद्धि गर्न कोर क्षेत्रमा अवस्थित बनबस्तीलाई प्रत्येक लाभार्थीहरूलाई १५ लाखको रकममा बन विभागले सर्ने प्रस्ताव दिएकोले भोटे बस्ती र गङ्गुटिया बनबस्तीका बासिन्दाहरूले आफै स्वेच्छाले स्वीकृति दिए अनुरूप यो रिलोकेशनको प्रक्रिया अघि बढेको बन विभागले जनाएका छन्। अब केही दिनपछि नै गङ्गुटिया बनबस्ती पनि सबै रित्तो हुने र सबैलाई बनछाया बस्तीमा आबाद गरिएपश्चात दुवै रिक्त ठाउँमा बन विभागले कोर जंगलमा परिवर्तन गर्न प्रक्रिया अघि साथसाथै बढाइने जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment