चितुवाको शव उद्धार

वीरपाडा: मदारीहाट खण्ड अन्तर्गत सिंघानिया चियाबारीको ३ नम्बर सेक्सनको नालामा एउटा चितुवाको शव उद्धार गरेको छ। शुक्रबार साँझ ५ बजीतिर स्थानीय मानिसहरू साथै श्रमिकहरूले उक्त शव देखेपछि गाउँलेहरू त्रसित बनेका छन्। स्थानीय निवासीहरू उक्त खबर वन विभागलाई दिएपछि वन विभागले उक्त चितुवाको शव उद्धार गरेको छ। चितुवाको मृत्यु प्रायः २४ घण्टा अघि मृत्य भएको हुन सक्ने वन विभाग साथै स्थानीय निवासीहरूले शंका काटेका छन्। उक्त शव शनिबार पोस्टमार्टम गरिने भनी जलपाइगढी डिभिसनका दलगाव रेन्जका रेन्जर धनन्जय रायले जनाएका छन् ।

याे पनि हेर्नुस्

Leave a comment