निःशुल्क चिकित्सा शिविर

एसएसबी ५३ वाहिनीद्वारा निःशुल्क चिकित्सा शिविर

कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको निर्देश अनि उपस्थितिमा बुधबार कालचिनी खण्डको अच्छापाडा खेल मैदानमा निःशुल्क चिकित्सा शिविर सम्पन्न भयो।
अच्छापाडा डेभलपमेन्ट युथ क्लबको सहयोगितामा सम्पन्न सो शिविरमा प्रायः २०० भन्दा अधिक गाउँलेहरूले निःशुल्क उपचार र औषधिको लाभ उठाएको एडीवाईसी अध्यक्ष विजय थुलुङ राईले जनाएका छन्।

एसएसबी ५३ वाहिनीद्वारा निःशुल्क चिकित्सा शिविर
एसएसबी ५३ वाहिनीद्वारा निःशुल्क चिकित्सा शिविर


सो शिविरमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंह लगायत डा. राजेश्वरी कर्दे, एसएसबी नयाँ बस्ती इन्चार्ज जीडी गौड एवम् एडीवाईसीका अध्यक्ष विजय थुलुङ राई, सचिव रवि सार्की, कोषाध्यक्ष बलदेव लामा, सिकन्दर टोप्पो, निलम नाइक, पुनम लोहार, एडीवाईसीका मीडिया सचिव भानु राई आदिको उपस्थिति रहेको थियो।

Leave a comment