अवैद्य जमीन अनि फूटपाथ दखल विरुद्ध अलिपुरद्वार प्रशासन

अलिपुरद्वारः राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले नवान्न सभागृहबाट गरिएको प्रशासनिक बैठक मार्फत राज्यभरी भूमाफिया बन्द गर्न अनि सरकारी जमीन दखल गर्ने विरुद्ध कडा कानूनी पदक्षेप ग्रहण गर्ने निर्देश बमोजिम सबै जिल्ला शासक अनि पुलिस प्रशासन हरकतमा आएका छन्।
यस क्रममा अलिपुरद्वार जिल्ला सहर अनि विभिन्न भीडभाड सहरी क्षेत्रमा अवैद्य रुपमा फूटपाथ दखल गरेर पसल लगाउने एवम् जमीन दखल गरेर निर्माण गर्ने विरुद्ध प्रशासनले एक्सन शुरु गरेका छन्। अलिपुरद्वार सहर एवम् नगरपालिकाको विभिन्न फूटपाथ र नाला एवम् जलाशय कब्जा गर्नेहरू विरुद्ध अलिपुरद्वार नगरपालिका र एसडीओले कारवाई अघि बढाएका छन्। यस क्रममा अलिपुरद्वार नगरपालिकाका चेयरम्यान प्रसेनजीत कर र अलिपुरद्वार एसडीओ विप्लव सरकारले सहरको प्रत्येक वार्डहरूमा निरीक्षण गरिएको र जहाँ फूटपाथ दखल र अवैद्य कब्जा छ त्यसलाई कब्जामुक्त बनाउने र राज्य सरकारको निर्देश बमोजिम सबै कामहरू अघि बढाइने बताएका छन्।

Leave a comment