अखिल भारतीय महायान बौद्ध म्हाणिपा संघको वार्षिक सभा जयगाउँमा सम्पन्न

अखिल भारतीय महायान बौद्ध म्हाणिपा संघको वार्षिक सभा

कालचिनी: आइतवार अखिल भारतीय महायान बौद्ध म्हाणिपा संघकाे मुख्य कार्यालय जयगाउँमा संघको अध्यक्ष तथा महागुरु ख्येन रिन्पोछे आचार्य साङ्ग्ये लोडोको सभापतित्वमा वार्षिक सभा सम्पन्न भएको जानकारी संघको महासचिव आचार्य सांग्ये छ्योफेलले दिएका छन्।
अष्टमङ्गल अनि क्याब्डो मोलम गरि आरम्भ भएको सभालाई सभाध्यक्ष परम पुज्यनीय ख्येन रिन्पोछेद्वारा स्वागत जनाउँदै म्हाणिपा संघले विभिन्न शाखा – प्रशाखा,गाउँ अनि सहरहरूमा धार्मिक प्रवचन, टाच्येद अनि वाङको कार्यक्रम गरि मानव कल्याण गरिरहेको साथै संघमा शिथिल अवस्थामा रहेका शाखाहरूलाई सुचारु रूपले सञ्चालन गर्ने पनि जानकारी गराएको थियो।
त्यसैगरी संघको महासचिव आचार्य सांग्ये छ्योफेलले आफ़्नो एक वर्षको प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्ष अवधि संघको केन्द्रीय कार्यक्रम २८औं म्हाणी छोगा पूजा, ३१औ वार्षिक सोजोङ ञ्युङने र अधिवेशन अनि १३औ म्हाणी दुङछुर बोधगयाका आयोजक समितिहरूलाई भव्यताको साथ सम्पन्न गरेकोमा केन्द्रिय पक्षबाट धन्यवाद दिएको थियो।

अखिल भारतीय महायान बौद्ध म्हाणिपा संघको वार्षिक सभा
अखिल भारतीय महायान बौद्ध म्हाणिपा संघको वार्षिक सभा


विगतको सालहरू जस्तो यस बर्ष पनि नयाँ – नयाँ शाखाहरूको गठन हुँदै म्हाणिपा संघ र बौद्ध धर्मको विकासतर्फ अग्रसर भएकाे जानकारी गराउँदै महासचिवले आउँदो कार्यक्रमबारे पनि विस्तृत जानकारी दिएको थियो।
आउँदो २३ मई २५६८औ बुद्ध जयन्तीको मङगलमय शुभकामना पनि सो वार्षिक सभा मार्फत दिइएको थियो।
संघको कोषाध्यक्ष गेन्ला साङ्गे ठिन्लेले एक वर्षको आय-व्यय प्रस्तुत गरेको थियो भने बोधगयामा सम्पन्न भएको १३औ म्हाणि दुङछुर मोलमको आय व्ययको साथै कतिपय जानकारी आयोजक समितिका सहकोषाध्यक्ष नामग्याल मोक्तानले राखेको थियो।
संघको आउँदो शीतकालीन कार्यक्रम ३२औ ञ्युङने उपषोध र अधिवेशन तुलसीपाड़ामा हुने राजकुमार गुरुङले जानकारी गराएका छन् भने यसै क्रममा दार्जिलिङ जिल्ला समितिका सचिव लाक्पा गोले, कालिम्पोङ जिल्ला समितिका अध्यक्ष एचके काल्देन, असम राज्य समितिबाट मनबहादुर मोक्तान, गरगण्डा शाखाबाट धिराज योन्जन, जयगाउँ शाखाबाट साधना लामा, उदालगुड़ी असमबाट कमला लामा, कोचबिहार शाखाबाट बिनु लामा, दलसिङपाड़ा शाखाबाट बिधान लामा अनि मुख्य सल्लाहकार पासाङ लामाले वक्तव्य राखेको थियो।
संघको संस्थापक सदस्य बुद्ध योन्जनले पनि सभामा आफ़्नो मन्तब्य ब्यक्त राखेको थियो।
संघको आउँदो कार्यक्रम २५ मईको दिन परम पुज्यनीय ख्येन रिन्पोछेको ७३औँ जन्मदिन कालचिनी खण्ड अन्तर्गत राइमाटाङ शाखामा हुने आयोजक समितिका अध्यक्ष बिरबल लामाले जनाएका छन् भनें २९ औं मणि छोगा पुजा पूर्व डुवर्सको जयन्ती लिम्बू धूरामा हुने जानकारी प्रकाश थिङले जानकारी गराएका छन्।
सोही सभामा शरण पाख्रिन,फुर्बा तामाङ,प्रबिन योल्मो,दावा योन्जन,शंकर लामा अनि अर्जुन स्याङदानलाई केन्द्रिय समितिमा मनोनित गरेको जानकारी महासचिव आचार्य सांग्ये छ्योफेलले दिएका छन्।
सभामा डुवर्श,गैरीबास, कालेबुङ,दार्जिलिङ, सिलगढी, बागडोगरा,कोचबिहार,
गोलाघाट,उदालगुड़ी असमबाट पनि संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
उक्त सभालाई उपाध्यक्ष अर्जुन कुमार लामाले सञ्चालन गरेको थियो भने अन्तमा सभाध्यक्ष परम पुजनीय ख्येन रिन्पोछेद्वारा धन्यवाद ज्ञापन दिई टाशी र ङोवा मोलम पाठपश्चात सभाको अन्त गरिएको महासचिव आचार्य सांग्ये छ्योफेलले जनाएका छन्।

याे पनि हेर्नुस्

Amazon

Women Jeans

VERO MODA Women Jeans

Buy Now

Leave a comment