२५ परिवार तृणमूलमा सामेल

२५ परिवारले भाजपा एवम् अन्यान्य दल त्यागेर तृणमूलमा सामेल

कालचिनी: चुनाउ प्रचार तीव्ररुपमा अघि बढिरहेको क्रममा आइतवार राइमाटाङ चियाबारीको प्रायः २५ परिवारले भाजपा एवम् अन्यान्य दल त्यागेर तृणमूलमा सामेल भएको जानकारी तृणमूल सुत्रले दिएका छन्।
कालचिनीस्थित तृणमूल ब्लक कार्यालयमा राइमाटाङका २५ परिवारले ब्लक सभापति असिम पाख्रिनको बाहुलीबाट तृणमूलको झण्डा ग्रहण गरेको बताइएको छ।


यसै क्रममा आइतवार भाटपाडा चियाबारीमा भाजपा विधायक विशाल लामाको लाइनमा तृणमूलले चुनावी जनसभा सम्पन्न गरेको तृणमूल सुत्रले जनाएका छन्।
स्थानीय तृणमूल नेता सन्तोष गुरुङको नेतृत्वमा सो जनसभा सम्पन्न भएको र गाउँमा लोकसभा प्रार्थी प्रकास चीक बडाइकको समर्थनमा ऱ्याली पनि निकालिएको बताइएको छ।

याे पनि हेर्नुस्

Amazon

Silk Kurta

Janasya Women’s Beige Poly Silk Floral Print Straight Kurta

Buy Now

Leave a comment