अलिपुरद्वार विश्वविद्यालयमा तृणमूल छात्रा परिषदले लगायो ताला

अलिपुरद्वारः तृणमूल छात्र परिषदले स्थायी उपकुलपति र स्थायी रजिस्ट्रारको नियुक्तिको माग गर्दै अलिपुरद्वार विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कोठामा ताला लगाए। बुधबार दिउँसो करिब १२ बजे तृणमूल छात्र परिषद्का सदस्यहरूले अलिपुरद्वार विश्वविद्यालय परिसरमा र्‍याली गरे र ताला झुण्डाए।
उनीहरूका अनुसार अलिपुरद्वार विश्वविद्यालय स्थायी उपकुलपति र रजिस्ट्रारको अभावमा समग्र विकासबाट वञ्चित छ। यी दुई पदमा तत्काल कसैलाई पनि स्थायी नियुक्त नगरे भविष्यमा ठूला आन्दोलनमा जाने चेताउनी पनि विद्यार्थीले दिएका छन्। तृणमूल छात्रा परिषदका अलिपुरद्वार जिल्ला सभापति समीर घोषले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले अलिपुरद्वारको विद्यार्थीहरूको भविष्यलाई ख्याल राखेर अलिपुरद्वार विश्वविद्यालयको निर्माण गरिदिएकी हुन् तर अहिले विश्वविद्यालयमा स्थायी उपकुलपति र स्थायी रजिस्ट्रार नियुक्ति नभएकोले अलिपुरद्वार विश्वविद्यालयको सर्वाङ्गीण विकास हुन नसकेकोले तृणमूल छात्रा परिषद आन्दोलनमा ओर्लिन बाध्य भएको जनाएका छन्।
जबसम्म अलिपुरद्वार विश्वविद्यालयमा स्थायी उपकुलपति र स्थायी रजिस्ट्रार एवम् स्थायी प्राचार्यहरूको नियुक्ति हुँदैनन् तबसम्म अलिपुरद्वार विश्वविद्यालयको विकास हुन नसक्ने र अलिपुरद्वार विश्वविद्यालय अधीनस्थ अन्यान्य कलेजहरू आउन नसक्ने स्थिति रहेको पनि तृणमूल छात्रा प्रियङ्काले जनाएका छन्।

Leave a comment