अलिपुरद्वार विधायकद्वारा कम्बल वितरण

अलिपुरद्वार विधायकद्वारा कम्बल वितरण


कालचिनी: अलिपुरद्वार विधायक तथा पीएसी चेयरम्यान सुमन कान्जीलालको बाहुलीबाट बुधबार अलिपुरद्वार नगरपालिका क्षेत्रका प्रायः ५०० जना आवश्यकमन्द नागरिकहरूमा कम्बल वितरण गरियो।
सोसाइटी अफ डुवर्स कम्युनिकेशन एन्ड कल्चर नामक स्वेच्छासेवी संस्थाको सहयोगितामा कम्बल वितरणको आयोजना गरिएको थियो।
कठ्याङ्ग्रिने जाडोको मौसममा आवश्यकमन्द परिवारहरूलाई अलिकति भएता पनि मदद पुग्ने उद्देश्यले यो पहल गरिएको विधायक सुमन कान्जिलालले जनाएका छन्।

यो पनि हेर्नुस्


Leave a comment