अस्वास्थ्य परीक्षार्थी मनीषा उराँवले अस्पतालको बेडबाट दिइन् परीक्षा

कालचिनीः बिहीबार अङ्कगणितको परीक्षा परेको दिन नै शंकर नेपाली उच्चतर माध्यमिक विद्यालयमा परीक्षा केन्द्र परेकी माध्यमिक परीक्षार्थी मनीषा उराँव परीक्षा हलमा नै हठात अस्वास्थ्य भएकी थिइन्। तत्कालै एक्जामिनर र पुलिसबलको सहयोगितामा मनीषालाई उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याइएपछि उपचार शुरु भएको थियो भने केही क्षण पश्चात सामान्य उठेर बस्ने भएपछि मनीषालाई बेडमा नै परीक्षा लेख्न अनुमति दिएको थियो।
यता परीक्षार्थीहरूलाई कुनै असुविधा नहोस् भनि परीक्षा ड्युटीमा खटिएका पुलिसबल र अब्जर्भरहरूले सक्रिय भूमिका निर्वाह गरिरहेको देखिएको छ।

याे पनि हेर्नुस्

Leave a comment