कमान बचाउन सेन्ट्रल डुवर्स चियाबारी प्रबन्धनपक्षको सरकारसित गुहार

कालचिनीः डुवर्सको धेरै पुरानो चियाकमानहरूमध्ये पर्ने कालचिनी खण्डको भारत भोटाङ सीमान्तमा अवस्थित सेन्ट्रल डुवर्स चियाकमान प्रायः ८५० हेक्टर भन्दा अधिक क्षेत्रफलमा फैलिएको चियाकमान हो। मेकलड् रसेल इन्डिया लिमिटेड अधीनस्थ रहेको यस चियाबारीको उत्पादन क्षमता अन्य चियाकमानहरूको सट्टा धेरै राम्रो रहेको पुरानो रेकर्डले बयान गर्छन्। कमानको सिनियर म्यानेजर सान्तानु बसुले जनाए अनुसार, पहिला कमानले वार्षिक २५ लाख किलोग्राम चियापत्ती उत्पादन गर्थे तर हाल यसको ग्राफ झरेर वार्षिक १० लाख किलोग्राममा आएको छ।
कमानलाई मूलतः भोटाङबाट आएको बासरा नदी, पाना नदी, काली खोला र गुहे खोलाले क्षय गर्दै लगेको कमान प्रबन्धनपक्षले बताएका छन्। गत वर्षको नदीको कटाउले बासरा डिभिजनको प्लान्टेशनमा व्यापक क्षति पुगेको र उत्पादन जमीन नदीको बगरमा परिणत भएको तिनले थप जनाएका छन्। जम्मा चारवटा डिभिजनमा विभक्त रहेको सेन्ट्रल डुवर्स चियाकमान क्रमैले पाना, बासरा, राङ्गामाटी र हात्तीमारा गाउँको नामले पनि चिनिन्छन्। प्रायः २५०० भन्दा अधिक श्रमिकहरू एवम् २० हजार भन्दा अधिक जनसंख्या रहेको सेन्ट्रल डुवर्स चियाबारीलाई उत्तरमा पासाखा भोटाङ, पूर्व, दक्षीण र पश्चिमबाट बासरा र पाना नदीले घेरेको छ। वर्षाकाल लाग्ने बित्तिकै बासरा र पाना नदीले विकराल रूप धारण गर्ने गरेको र नदीको कटाउले ३० हेक्टर भन्दा अधिक जमीन बगरमा परिणत गरिदिएको सिनियर म्यानेजर सान्तानु बसु बताउँछन्। यसको निम्ति जिल्ला प्रशासन, ब्लक प्रशासन लोकल सेल्फ गभर्मेन्ट सम्बन्धित निकायहरूमा कमान प्रबन्धनपक्षले निवेदन चढाउँदै आइरहेको र जिल्ला शासकबाट नदीमा चाँढै जेसीबी लगाएर ड्रेगिङको काम हुने आश्वासन पाएको बताइएको छ।

सेन्ट्रल डुवर्स
सेन्ट्रल डुवर्स


यति मात्र नभएर सेन्ट्रल डुवर्स चियाकमानलाई जोडने सडक मार्ग कालचिनीतर्फ प्रायः ६ किलोमीटर र खोक्ला जयगाउँतर्फ जाने ५ किलोमीटर सडकको अवस्था नदीको बगरले दयनीय भएकोले यातायात बाधित हुने गरेको एवम् पिउने पानीको पनि समस्या रहेको र पासाखा भोटाङको फ्याक्ट्रीहरुबाट निस्कने प्रदुषित ग्यासले विकराल रूप लिइरहेको पनि कमानको सिनियर म्यानेजर सान्तानु बसुले थप जनाएका छन्। मूलतः मानसून लाग्न अघि अघि सम्बन्धित सरकारी निकायले नदीमा ड्रेगिङ गर्दै नदीको धारालाई स्ट्रीमलाइन गरिदिए थप भूमि क्षय रोकिने र सुरक्षा बाँधको काम विस्तारै गरे असल हुने भनि सिनियर म्यानेजर सान्तानु बसुले जनाएका छन्। कमानको प्लान्टेशन जमीनलाई बचाउन नसके कमानको उत्पादन क्षमता घटेर जाने र आयात निर्यातको निम्ति बाटो सडक ठीक नभए कमानलाई मात्र नभएर सेन्ट्रल डुवर्स चियाबारीको बासिन्दाहरू पनि बजार, स्कूल एवम् सरकारी कार्यालयहरू जान असमर्थ बन्ने बसुले थप जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment