अवैद्य नशालु ट्याबलेट मामिलामा अझ थप पक्राउ

कालचिनीः कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ थानाको पुलिसबलले शुक्रबार अभियान चलाउँदा जीएसटी भानुभक्त मोड क्षेत्रमा प्यासेञ्जर बसबाट कोचबिहार घोकसाङाङ्गा निवासी इलियास हुसैन (२३) लाई २७३६ वटा स्पाज्मो ट्याबलेट र ३२ बोतल कफ सीरपसहित पक्राउ गरेको थियो भने एनडीपीएस एक्ट अन्तर्गत उक्त युवकलाई अलिपुरद्वार जिल्ला अदालतमा पठाएको २४ घन्टा नबित्दै शनिबार पुलिसले नशालु ट्याबलेट ओसार पसार मामिलामा जयगाउँ थाना अन्तर्गत मंगलबारी निवासी राम जनम सिंह उर्फ राम जाने नामक व्यक्तिलाई पक्राउ गरेको जयगाउँ थानाका आईसी पाल्जोर भोटियाले जनाएका छन्।
लगातार जयगाउँ क्षेत्र मात्र नभएर कालचिनी खण्डको विभिन्न ठाउँहरूबाट अवैद्य नशालु ट्याबलेट मामिलामा पुलिसले अभियान तेज बनाएका छन्।
यद्यपि अवैद्य नशालु ट्याबलेट र कफ सीरपको गोरखधन्धालाई पूर्णरुपले नियन्त्रणमा ल्याउन जिल्ला पुलिस प्रशासन असफल भएको विज्ञजन बताउँछन्।

याे पनि हेर्नुस्


Leave a comment