बाइसनको आक्रमणमा एकजना महिला गम्भीर घाइते

बाइसनको आक्रमणमा एकजना महिला गम्भीर घाइते

कालचिनी : आइतवार बिहान प्रायः १० बजे कालचिनी थाना अन्तर्गत भाटपाडा चियाबारी संलग्न विजयपुर बस्तीका एकजना महिलालाई बाइसनले आक्रमण गरेको घटना प्रकाशमा आएको छ। घर छेउको बारीमा काम गरिरहेको बेला विजयपुर बस्ती निवासी महिला कल्पना कार्की ( ५३) -लाई अचानक जङ्गलबाट गाउँमा पसेको बाइसनले आक्रमण गर्दा देब्रे खुट्टा नै चिरिएको गाउँलेहरूले बताएका छन्। महिलामाथि प्राणघातक आक्रमण गरेर उक्त बाइसन पुनः जङ्गलमा पसेको थियो भने गाउँलेहरूले घाइते महिलालाई तत्कालै उद्धार गरेर प्राथमिक उपचारका निम्ति कालचिनी स्थित उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याएको थियो भने त्यहाँ प्राथमिक उपचार गरे पश्चात महिलालाई अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरेको अस्पताल सुत्रले जनाएका छन्। शरीरका अन्य भागमा चोट नलागेता पनि कल्पना कार्कीको खुट्टामा बाइसनले सिङले प्रहार गर्दा खुट्टा नै प्वाल पारेको बताइएको छ।

Leave a comment