गणेश तिम्सिनाको पुस्तक “ डुवर्सको पृष्ठहरूमा ” लोकार्पण

लोकार्पणमा : गणेश तिम्सिना परिवारलाई पनि बिर्सिएर समाजका लागि केही गर्ने व्यक्तित्व हुन्- ललित न्यासुर

बाग्राकोटः आज बाग्राकोटस्थित भिमसेन भवनमा डुवर्स नेपाली साहित्य विकास समिति र साहित्य परिक्रमा बाग्राकोटको सहआयोजनामा डुवर्सका चर्चित उद्घोषक गणेश तिम्सिनाको पुस्तक “ डुवर्सको पृष्ठहरूमा ” लोकार्पण गरियो। कार्यक्रममा उपस्थित अतिथिहरू अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट उक्त पुस्तकको लोकार्पण गरिएको थियो। कार्यक्रममा मुख्य अतिथिको रुपमा ललित न्यासुर, विशिष्ट अतिथिहरूमा गोविन्द परियार, दुर्गा चामलिङ, मीनबहादुर गुरुङ, सागर राई देवान, जेबी छेत्री, गोपाल योञ्जन, साहित्यकार मननारायण प्रधान, गंगाप्रसाद प्रधान, गोपालसिंह विश्व, भुपेश तिम्सिना आदिको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत वक्तव्य डुवर्स नेपाली साहित्य विकास समितिका कोषाध्यक्ष राजेश प्रधान राखेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै दुर्गा चामलिङ राईले यो एउटा ऐतिहासिक पल भन्दै गणेश तिम्सिना नेपाली भाषा-संस्कृतिको निम्ति मरिमेट्ने व्यक्तित्व हुन्। तिनले सबै कुरा समेटेर राम्रो सङ्कलन नेपाली साहित्य जगतलाई दिएका छन्।

डुवर्सको पृष्ठहरूमा ” लोकार्पणमा प्रकाशक भुपेश तिम्सिना मन्तव्य दिँदै
डुवर्सको पृष्ठहरूमा ” लोकार्पणमा प्रकाशक भुपेश तिम्सिना मन्तव्य दिँदै

लोकार्पण कार्यक्रममा आफ्नो वक्तव्य राख्दै गणेश तिम्सिनाले भने- हामी सभ्य र भव्य भएर बाँच्न सकौँ भन्दै यस पुस्तकको प्रकाशनको निम्ति सहयोग पुऱ्याउने सम्पूर्ण व्यक्तित्वहरूलाई धन्यवाद प्रकट गरे। लेखकको छोरा तथा पुस्तकको प्रकाशक भूपेश तिम्सिनाले कार्यक्रमलाई सम्बोधन गर्दै पुस्तक निकाल्नमा सहयोग पुऱ्याउने सबैलाई धन्यवाद टक्राए। तिनले भविष्यमा यो ठाउँले मलाई फेरि तानोस् भन्दै कुनै प्रकारको सहयोग गर्न परे आफू तयार रहेको बताए।  मुख्य अतिथि ललित न्यासुरले कार्यक्रमलाई सम्बोधन गर्दै गणेश तिम्सिना मेरो गुरु हुन् भन्दै विकास समितिका संघर्षका दिनहरू सम्झना गरेँ। गणेश तिम्सिना परिवारलाई पनि बिर्सिएर समाजका लागि केही गर्ने व्यक्तित्व हुन्।

उनीजस्ता योद्धा डुवर्सले विरलै पाउँछ। विशिष्ट अतिथि  सागर राई देवानले कार्यक्रमलाई सम्बोधन गर्दै भने, हामी रेडियोको जमानामा थियौँ। रेडियोमा गीत सुन्न हामी एक ठाउँ भेला हुन्थ्यौँ। सम्पर्कका साधनहरू कम थिए त्यतिबेला। हामीले धेरै सङ्घर्ष गऱ्यौँ, सफलता पनि पायौँ। जेबी छेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै पुरानो पुस्ता सबैलाई यो पुस्तकले भेट गराएको छ। डुवर्सको प्रगतिमा खट्ने अस्सी प्रतिशत कर्मजीवी यहाँ छन्। गणेशजीको घर ओदलाबारी हाम्रो शरण लिने ठाउँ। भाषा मान्यताको आन्दोलनमा हामीले डुवर्सलाई नेतृत्व गरेका थियौँ। इन्दिरा गान्धीलाई भेट्ने टोलीमा म पनि थिएँ, तर फोटोमा आएनछु। भावुक पनि भएँ म। डुवर्समा जागृति ल्याउने कार्यमा सानै अंशमा भएपनि दस्तावेजीकरण भयो। त्यसले म खुशी छु भने।

याे पनि हेर्नुस्

Leave a comment