द किड्स माइक ट्यालेन्ट हन्ट -को पहिलो अडिसनको उद्धधाटन

‘द किड्स माइक ट्यालेन्ट हन्ट’ को अडिसन

वीरपाडा: डुवर्स दर्शन पेजको आयोजना तथा चाहात फेन्स क्लब लङकापाडाको सौजन्यमा आज वीरपाडा एकाडमी स्कूलको प्रेक्षागृहमा ‘ द किड्स माइक ट्यालेन्ट हन्ट’ को पहिलो अडिसन तथा उद्‍घाटन कार्यक्रम सम्पन्न भयो। विशेष प्रथम श्रेणीदेखि आठौं श्रेणीसम्मको विद्यार्थीहरूको निम्ति नेपाली, अङ्ग्रेजी, हिन्दी अनि बङ्गला भाषामा कविता वाचन, लघु भाषण आदि विशेष प्रतिभा रहेको प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भयो। आजको पहिलो अडिसन विशेष वीरपाडा एकाडमी स्कूलको सौजन्यमा सफलतापूर्वक सम्पन्न भयो। आज वीरपाडा एकाडमी स्कूलका संस्थापक राजु प्रधानको बाहुलीबाट दिप प्रज्वलन तथा चाहात फेन्स कल्बका संस्थापक जुगेश राईको बाहुलीबाट रिबन काटेर उक्त प्रतियोगिताको पहिलो अडिसनको उद्‍घाटन गरियो।

'द किड्स माइक ट्यालेन्ट हन्ट' को अडिसन
‘द किड्स माइक ट्यालेन्ट हन्ट’ को अडिसन

विशेष अतिथिगणमा राजु प्रधान अनि जुगेश राई लगायत शिक्षक सबिन थापा, विनेश राई, शिक्षक बुद्धिमान लामा, रिना प्रधान तथा डुवर्स दर्शन परिवार आदिको उपस्थिति रहेको थियो। आजको पहिलो अडिसनमा कुल ९ जना विद्यार्थीहरूले चारैवटा भाषा अन्तर्गत कविता, लघु भाषण अति सुन्दर ढङ्गमा प्रस्तुत गरे। दोस्रो अनि तेस्रो अडिसन क्रमैले आगामी १७ मार्चमा लङकापाडा मिनीलेण्ड इङ्ग्लिस स्कूलमा ,२४ मार्चमा दलमोर त्रिवेणी स्कुलमा सम्पन्न हुनेछ। राजु प्रधान अनि जुगेश राईले यस कार्यक्रमलाई अति सराहनीय कार्यक्रम बताएका छन्। डुवर्स दर्शन परिवारबाट राजु प्रधान अनि जुगेश राईलाई उनीहरूको बहुमूल्य सहयोगको निम्ति धन्यवाद ज्ञापन गरे।

याे पनि हेर्नुस्

Leave a comment