कालचिनीः बक्सा टाइगर रिजर्भको शिकारको आधारमा वृद्धि गर्न र बासस्थान सुधार गर्न शनिबार वन अधिकारी र पशु चिकित्सक टोलीको उपस्थितिमा बाघ आरक्षणको कोर जोनमा ९० वटा स्पटेड डियर (थोप्ले मृग) सफलतापूर्वक छाडिएको बक्सा ब्याघ्र प्रकल्प पूर्वका डीएफडी देवाशीष शर्माले जनाएका छन्।
यी थोप्ले मृगलाई वर्धमान जिल्लाको रामनबागन वन्यजन्तु अभ्यारण्यबाट स्थानान्तरण गरिएको बन अधिकारीहरूले जनाएका छन्।
शिकार आधार वृद्धि बक्सा टाइगर रिजर्भ अन्तर्गत चलिरहेको एउटा परियोजना रहेको बताउँदै समय समयमा थोप्ले मृग बक्सा जङ्गलमा छाडने नियमित कार्यक्रम रहेको बीटीआरका अधिकारीहरूले जनाएका छन्।