ओदलाबारी घिसखोलाछेउ राजमार्गमा भयावह सडक दुर्घटनामा एकको मृत्यु

ओदलाबारी: ओदलाबारी घिसखोलाछेउ राजमार्गमा भयावह सडक दुर्घटना भएको छ।  दुर्घटनामा बाग्राकोटका भूतपूर्व सैनिक विकास वस्नेतको निधन भएको छ भने आदिवासी गोर्खा संयुक्त समितिका अध्यक्ष सघन मोक्तानको खुट्टामा गम्भीर चोट लागेको छ। प्राप्त जानकारी अनुसार सघन मोक्तानको खुट्टामा गम्भीर चोट लागेको कारण तिनलाई सिलगढी रेफर गरिएको छ। विकास बस्नेतको मृत्युले बाग्राकोट क्षेत्रमा शोकको लहर छाएको छ।  आदिवासी गोर्खा संयुक्त समितिका कार्यकारी अध्यक्ष लोरेनतुस लाकडाले भने, पत्थरझोड़ा चियाबारीमा ५ डेसिमल जमिनको विषय लिएर एउटा विशाल ऱ्यालीमा सहभागिता हुन आदिवासी गोर्खा संयुक्त समितिका अध्यक्ष सघन मोक्तान र सदस्य विकास वस्नेत गएका थिए। कार्यक्रममा भाग लिएर बाग्राकोट घरतर्फ आइरहेको थियो। ओदलाबारी घिसखोलाछेउ आइपुग्दा एउटा पिकअफ भ्यानले धक्का दिँदा घटनास्थलमै भूतपूर्व सैनिक विकास वस्नेतको मृत्यु भएको छ। पिकअप भ्यान घटनास्थलबाट भागेको छ। तिनले भने, समितिले कमर्ठ सदस्य गुमाएको छ। तिनको निधनप्रति समितिले गहिरो शोक प्रकट गरेको छ भने समितिको अध्यक्षको चाँडै स्वास्थ्य लाभको कामना गर्दछु भने।

Leave a comment