विद्यार्थीहरूलाई पठन सामाग्री प्रदान

विद्यार्थीहरूलाई पठन सामाग्री प्रदान



दुम्सीपाडाः विद्यार्थीहरूलाई पढाईको क्षेत्रमा केही सुविधा होस् अनि धेरै पढेर एउटा असल नागरिक बनोस भन्ने उदेश्यले विभिन्न पाठशालाका छात्र-छात्राहरूलाई सहयोग पुऱ्याउने क्रममा आज समाजसेवी जुगेश राई, शिक्षक सबिन थापा, गगन थापा, किशोर कुर्मी, बिनेश राई तथा रोशन ठटालको एउटा टोलीले अलिपुरद्वार जिल्ला तथा मदारीहाट- बिरपाडा खण्ड अन्तर्गत दुम्सीपाडा बडालाईन नेपाली प्राथमिक पाठशालाका सम्पूर्ण छात्र-छात्रालाई पाठन सामग्री जस्तै-खाता, पेन्सिल, सार्पनर, पेन्सिल बक्स, कार्डबोर्ड, पानीको बोतल, ईरेजर इत्यादि बितरण गरेका छन्। यस अवधि पाठशालाका भारप्राप्त शिक्षक आकाश प्रधान, शिक्षक बुद्धिमान लामा, उमेश प्रधान तथा वर्षा राईको विशेष उपस्थिति रहेको थियो।
यसरी आफ्नो स्कूलमा आएर सबै नानीहरूलाई ती पाठन सामग्रीहरू बितरण गरे वापत पाठशालाका भारप्राप्त शिक्षक आकाश प्रधानले जुगेश राई, सबिन थापा लगायत सम्पूर्ण टोलीप्रति कृतज्ञता प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

याे पनि हेर्नुस्


Amazon

boAt Airdopes 125 TWS Earbuds

boAt Airdopes 125 TWS Earbuds with 50 hrs Playtime,Quad Mics with ENxᵀᴹ Tech,ASAPᵀᴹ Charging,IWPᵀᴹ Tech, BEASTᵀᴹ Mode with 50 ms Low Latency,BTv5.3, IPX5(Celestial White)

Buy Now

add

Leave a comment