बुद्ध जयन्तीको अन्तिम तयारीसितै गुम्बाहरूमा दोमङ पाठ शुरु

२५६८औँ बुद्ध जयन्ती अर्थात बुद्ध पूर्णिमाकाे कालचिनीमा भव्यताका साथ तयारी

कालचिनीः आगामी २३ मईको दिन सम्पन्न हुने २५६८औँ बुद्ध जयन्ती अर्थात बुद्ध पूर्णिमालाई ध्यानमा राखेर डुवर्सको सम्पूर्ण बौद्ध गुम्बा अर्थात मोनास्ट्रीहरूमा दोमङ पाठ शुरु भएको छ। मंङ्गलवार बिहानदेखि नै कालचिनी खण्डको सम्पूर्ण गुम्बाहरूमा दोमङ पाठ शुरु हुने क्रममा मेचपाडा ८ नम्बरस्थित पेमा छ्योई फेलिङ मोनास्ट्री र भाटपाडा टप लाइनस्थित तामाङ साङा छोईलिङ गुम्बा, भाटपाडास्थित झ्याङछुब छ्योई फेलिङ गुम्बा, कालचिनीस्थित टाँशी छ्योई फेलिङ गुम्बा, गंगुटियास्थित डुवर्सको सबैभन्दा प्राचीन अथवा पहिलो गुम्बा टाँशी छ्योई कुन्सोलिङ गुम्बासाथै राइमाटाङ चियाबारीको ३ वटा गुम्बा, दलसिंहपाड़ा, बीच चियाबारी, भर्नाबारी, साताली बस्ती, जयगाउँका प्रायः १० भन्दा अधिक गुम्बाहरु, राजाभातखावा र राजाभात एवम् डिमा र चिन्चुला चियाबारीस्थित गुम्बा, लोथाबारी बस्ती, हेमिल्टनगञ्ज गुम्बा, चुवापाडा, राधारानी, सेन्ट्रल डुवर्स चियाबारीको गुम्बाहरूमा बुद्ध पूर्णिमा समारोहको तयारीसाथै सागा दावाको व्रत पनि चलिरहेको सम्बन्धित गुम्बा सञ्चालन कमिटीका पदाधिकारीगणले जनाएका छन्।
यता प्रत्येक गुम्बा कमिटीको पक्षबाट यसपाली माध्यामिक र उच्चमाध्यामिकमा अब्बल अङ्क हासिल गरेर उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्वर्द्धना प्रदान गरिने जानकारी पनि सम्बन्धित गुम्बा सञ्चालन कमिटीका पदाधिकारीगणले थप जनाएका छन्।
यता मेचपाडा ८ नम्बरस्थित पेमा छ्योई फेलिङ मोनास्ट्रीमा आजदेखि दोमङ पाठ शुरु भएको र गुम्बा सजावटको कार्य चलिरहेको सो गुम्बा कमिटीको सचिव राजमान बम्जनले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment