जयगाउँ डोल्मा लाखाङमा सिङ्गापुर र फ्रान्सको रिन्पोचेको आगमन

जयगाउँ बुद्धनगरस्थित जयगाउँ डोल्मा लाखाङमा मङगलवार सिङ्गापुरबाट आएका बौद्ध धर्मगुरु मास्टर से फोन लिम साथै फ्रान्सबाट आएका बौद्ध धर्मगुरु ख्येन रिन्पोर्चे फुर्बा दोर्जेको आगमन

कालचिनीः बौद्ध धर्मावलम्बीहरूको पवित्र सागा दावाको व्रत साथै बुद्ध पूर्णिमाको तयारी चलिरहेकोबिच कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ बुद्धनगरस्थित जयगाउँ डोल्मा लाखाङमा मङगलवार सिङ्गापुर-बाट आएका बौद्ध धर्मगुरु मास्टर से फोन लिम साथै फ्रान्सबाट आएका बौद्ध धर्मगुरु ख्येन रिन्पोर्चे फुर्बा दोर्जेको आगमनमा जयगाउँ डोल्मा लाखाङमा उनीहरूलाई भव्य स्वागत जनाइयो। जयगाउँ डोल्मा लाखाङको धर्मगुरु साथै प्रमुख सञ्चालक लामा साङ्गे योन्तेनको आतिथ्यमा आइपुगेका दुवै रिन्पोचेलाई उपस्थित बौद्ध श्रद्धालुहरूले श्रद्धापूर्वक दर्शन भेट गरेका थिए भने सोही क्रममा जयगाउँ डोल्मा लाखाङमा निर्माण हुने २१ फूट अग्लो ग्रीन तारा डोल्माको प्रोजेक्टको पनि दुई रिन्पोचेको बाहुलीबाट पवित्र मन्त्रोच्चारणसितै उद्घाटन गरिएको थियो।
सो अवसरमा जयगाउँका समाजसेवी विष्णु लामा, पेमा लामा, नानु लामा, छेसाङ लामालगायत विभिन्न ठाउँबाट आएका अतिथिहरूको उपस्थिति रहेको थियो।

सिङ्गापुर र फ्रान्सको रिन्पोचे
सिङ्गापुर र फ्रान्सको रिन्पोचे


दुई रिन्पोचेको स्वागतमा भोटाङबाट आएका बौद्ध आनीहरूले पारम्परिक डुक्पा नृत्य साथै तामाङ सेलो र नेपाली गीतमा बाल कलाकारहरूले नृत्य प्रस्तुत गरेको थियो। सिङ्गापुरका रिन्पोचे र फ्रान्सका रिन्पोचेद्वयले उक्त ग्रीन तारा डोल्माको प्रोजेक्टमा मदत गर्ने भएका छन् भने जयगाउँ समाजसेवी विष्णु लामाको पक्षबाट पनि उक्त पूण्य कार्यको निम्ति ५१ हजार रुपियाँ अनुदान गर्ने बताइएको छ।


उपरोक्त सम्बन्धमा जयगाउँ डोल्मा लाखाङको धर्मगुरु लामाले दुवै रिन्पोचे अनि सिङ्गापुरबाट आएका धर्ममित्रगणलाई जयगाउँ डोल्मा लाखाङमा ल्याउन पाउँदा हर्ष लागेको र दुवै रिन्पोचेले बौद्ध मोनास्ट्रीहरूको भ्रमण गर्दै मदत पुऱ्याउने काम गर्दै आइरहेको र जयगाउँ डोल्मा लाखाङको २१ तारादेवी मोनास्ट्रीमा दुवै रिन्पोचेको पवित्र आगमन एवम् ग्रीन तारा डोल्माको २१ फूट अग्लो मूर्ति निर्माणको पनि शिलान्यासले चलिरहेको सागा दावाको व्रत साथै आगामी २३ मईको दिन सम्पन्न हुने बुद्ध जयन्ती सार्थक हुने जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment