सेन्ट्रल डुवर्स चियाकमानको प्रबन्धकद्वारा कार्यशाला सम्पन्न

कार्यशाला सम्पन्न

कालचिनीः कालचिनी खण्डको भारत भोटाङ सीमान्तमा अवस्थित सेन्ट्रल डुवर्स चियाबारीको मुख्य प्रबन्धकको अभिभारा सम्हालेपछि प्रबन्धक सान्तानु बसुले कमानलाई उन्नत बनाउन अनि उत्तम गुणका चिया उत्पादन गर्नेतर्फ विभिन्न कामहरू गर्दै आइरहेको छ। यसै क्रममा मंगलवार सेन्ट्रल डुवर्स चियाबारीको मुख्य प्रबन्धक सान्तानु बसुले चियाबारीको मेलामा पुगेर कमानको श्रमिकहरूलाई भेला गरि चियापत्ती टिपाइ गर्दा ध्यान राख्नु पर्ने कुरा र कुन पत्तीले कस्तो क्वालिटीको चिया उत्पादन गर्न सकिन्छन् भन्ने विषयमा श्रमिक साथै कमानको बाबु स्टाफ र सरदारहरूलाई समेटेर कार्यशाला सम्पन्न गरेको थियो।
मुख्य प्रबन्धक सान्तानु बसुले चिया उत्पादनको क्षेत्रमा श्रमिकहरूलाई बेला बेलामा यसरी चियापत्तीको गुणवत्तामाथि कार्यशाला गराउन जरुरी रहेको र जताभावी जस्तोसुकै पत्ती टिप्ने संस्कृतिमाथि लगाम लगाउन यसखाले कार्यशालाको आवश्यकता रहेको र यसले प्रबन्धनपक्ष साथै श्रमिकहरूको अन्तर्सम्बन्ध राम्रो हुने मुख्य प्रबन्धक सान्तानु बसुले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment