धरनाको ४ दिन बितिसक्दा पनि आशा कर्मीहरूलाई छैन् सोधखोज

कालचिनीः वेतन वृद्धि र अन्यान्य सुख सुविधाको दाबी लिएर गत पहिलो मार्चदेखि आशा कर्मीहरूले पश्चिम बंगाल आशा कर्मी यूनियनको ब्यानरमा लगातार धरना प्रदर्शन गरिरहेका छन्। धरना बसेको चार दिन बितिसक्दा पनि कुनै सरकारी आश्वासन नपाएको र धरना बसेका ठाउँमा कुनै सम्बन्धित सरकारी अधिकारीहरूले खोज खबर पनि सोध्न नआएको आशा कर्मीहरूले गुनासो पोखेका छन्।
महिला, शिशु र प्रसुति आमा र बच्चाहरूको स्वास्थ्य सेवामा जहिले पनि घर दैलोमा पुगेर स्वास्थ्य जागरूकता साथै स्वास्थ्य परिसेवा दिँदै आइरहेका आशा कर्मीहरूको वेतन वृद्धि आजसम्म नगरिएको र राज्य सरकारले बारम्बार सकारात्मक आश्वासन दिँदै आइरहेतापनि आजसम्म कुनै दाबी पुरा नगरेकोले बाध्य भएर पश्चिम बंगाल आशा कर्मी यूनियनको आह्वानमा यो धरना प्रदर्शन चलिरहेको आशा कर्मीहरूले जनाएका छन्। न्यूनतम भत्ता वृद्धि र विदाको व्यवस्था राज्य सरकारले गरिदिए आशा कर्मीहरूले धेरै राहत पाउँथ्यो भनि धरनामा बसेका आशा कर्मीहरूले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment