दलसिंहपाडा भानु मोडमा भानु जयन्ती पालन गरिने

दलसिंहपाडा भानु मोडमा आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती पालन गरिने



दलसिंहपाडा : दलसिंहपाडास्थित भानु मोडमा १३ जुलाई आदिकवि भानुभक्त आचार्यको २१० औँ भानु जयन्ती पालन गरिने भएको छ। भानु जयन्ती पालन गरिन हेतु आज भोलन्टनिङस्थित जेडीए चेयरम्यान गङ्गप्रसाद शर्माको निजी अफिसमा जयगाउँ ग्राम पञ्चायत -१, जयगाउँ पञ्चायत -२ र दलसिंहपाडा ग्राम पञ्चायत संयुक्त रूपमा सभा सम्पन्न भयो। सभामा १३ जुलाईका दिन आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती पालन गरिने निश्चित गरियो। यसै कार्यक्रममा जयगाउँ लगायत दलसिंहपाडा क्षेत्रका स्कुलका विद्यार्थीलाई लिएर कविता प्रतियोगिता गरिने पनि निश्चित गरियो। यसै कार्यक्रममा जयगाउँका वरिष्ठ समाजसेवी बीबी खवासलाई विशेष सम्मान गरिने पनि कार्यक्रम रहेको जानकारी कार्यक्रम आयोजक समितिका अध्यक्ष महेन्द्र छेत्रीले गराए। यस कार्यक्रममा सम्पूर्ण गोर्खा जाति विशेष हर्ष उल्लासका साथ उपस्थित भइदिने आह्वान आयोजक समितिका महासचिव पेमा लामाले गरेका छन्।


आज बसिएको सभामा महेन्द्र छेत्री, गणेशबहादुर प्रधान, गणेश आले, नितु राणा, पेमा लामा, फुर्वा लामा, मनोज प्रधान, प्रभात थापा, अशोक छेत्री, लगायत जयगाउँ ग्राम पञ्चायत -१, जयगाउँ ग्राम पञ्चायत -२, दलसिंहपाडा ग्राम पञ्चायतका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्


Leave a comment