दुईवटा रिसोर्टमा पुलिसको छापामारी, १२ जना पक्राउ

कालचिनीः कालचिनी खण्डको जयगाउँ थाना अन्तर्गत पर्ने तोर्सा सेतु संलग्न क्षेत्रमा रहेको दुईवटा रिसोर्टमा जयगाउँ थानाको पुलिसबलले शुक्रबार राती छापामारी चलाउँदा दुईवटा रिसोर्टबाट जम्मा १२ जनालाई प्रत्यक्ष रुपमा समातिएको पुलिस सुत्रले जनाएका छन्। पक्रा पर्नेमा ५ जना युवती र ७ जना पुरुषहरू रहेको तर उनीहरूको नाम पुलिसले खुलाउन अस्वीकार गरेका छन्। पक्रा परेका १२ जनालाई शनिबार आईटीपीए एक्ट अन्तर्गत मुद्दा दर्ता गरेर अलिपुरद्वार जिल्ला अदालतमा पठाएको बताइएको छ।

उल्लेखनीय छ, पक्राउ पर्नेमा दुवै रिसोर्टका सञ्चालक पनि रहेको जयगाउँ एएसपी प्रशान्त देवनाथले जनाएका छन्। उक्त छापामारी अभियानमा स्वयं एएसपी प्रशान्त देवनाथ लगायत आईसी पाल्जोर भोटिया र जयगाउँ थानाका एएसआई अमृत लामा रहेको पुलिस सुत्रले जनाएका छन्। लामो समयदेखि उक्त दुवै रिसोर्टमा देह व्यापारको धन्धा चलिरहेको पुलिसलाई सूचना प्राप्त भएको थियो भने एउटा एनजीओका सदस्यहरुको सहयोगितामा पुलिसले उक्त छापामारीमा सफलता प्राप्त गरेको बताइएको छ।

यो पनि हेर्नुहोस्

Leave a comment