डुवर्स नेपाली साहित्य सभाको पुरस्कार अलङ्करण साथै पत्रिका विमोचन कार्यक्रम सम्पन्न

कृष्णभक्त खड्का स्मृति पुरस्कार साहित्यकार वेगवसन्त थापालाई इन्द्रबहादुर गुरुङ युवा साहित्य पुरस्कार युवा कवयित्री प्रशान्ती राईलाई प्रदान गरे

मदारीहाटः डुवर्स नेपाली साहित्य सभाले आयोजना गर्ने पुरस्कार अलङ्करण समारोह साथै डुवर्सबाट यस वर्षदेखि शुरु भएको आमा प्रकाशनको ब्यानरमा यात्री कथाप्रधान समसामयिक साहित्यिक पत्रिकाको लोकार्पण भव्य कार्यक्रमबिज आज सम्पन्न भयो। डुवर्स नेपाली साहित्य सभाका संरक्षक सितम मोक्तानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको मुख्य अतिथि साहित्यकार डा. साङ्मु लेप्चा र विशिष्ट अतिथिको रुपमा असम गोर्खा सम्मेलनका अध्यक्ष कृष्ण भुजेल थिए। अन्य अतिथिहरूमा डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रबिन खवास, आख्यानकार अबीर खालिङ, सिक्किमबाट आउनु भएका कथाकार टीपी सिंह पौडयाल विश्व, कथाकार अशोक रोका, कथाकार मदन खाड्का, असम गोर्खा सम्मेलनका मूलसचिव सञ्जीव दाहाल, असम नेपाली साहित्य सभाबाट साहित्यकार तिलक ओली, युवा समालोचक देवराज शर्मा, बिरपाडा नेपाली उच्च विद्यालयका भारप्राप्त शिक्षक अनुपकुमार शर्मा, मदारीहाट पञ्चायत समितिका सभापति आशा एस बम्जन, दुर्गा गुरुङ, बिनोद मोक्तान, समाजसेवी जुगेश राई, युवा व्यवसायी बिकास छेत्री तथा सृजनशील समूह, नेपाली साहित्य प्रतिष्ठान, सृजन समूह सामसिङ, हाम्रो समाज, साहित्य परिक्रमा परिवार बाग्राकोट, दुम्सीपाडा नव जागृति संघ आदि संघ संस्थाहरूका पदाधिकारी तथा सिलगढी, दार्जीलिङ,सिक्किम तथा डुवर्सका साहित्यानुरागी, भाषाप्रेमी जातिप्रेमीहरूको बाक्लो उपस्थितबिच दोस्रो कृष्णभक्त खड्का स्मृति पुरस्कार वरिष्ठ कवि, गीतकार तथा बाल साहित्यकार वेगवसन्त थापालाई ससम्मान प्रदान गरियो भने दोस्रो इन्द्रबहादुर गुरुङ युवा साहित्य पुरस्कार युवा कवयित्री प्रशान्ती राईलाई प्रदान गरियो। वेगवसन्त थापाले यसलाई अझ थप जिम्मेदारी सम्झेर डुनेसासले यसरी मेरो कामको मुल्याङ्कण र सम्मान गरेकोमा आभार जनाएका छन् भने कवयित्री प्रशान्ती राईले पनि डुनेसासप्रति कृतज्ञता प्रकट गरिन्। कविहरूमा सुदर्शन तामाङ, गणेश गजमेर, रुपेश विश्व, सबीन थापा आदिले कविता वाचन पनि गरेका थिए।

डुवर्स नेपाली साहित्य सभाको पुरस्कार अलङ्करण साथै पत्रिका विमोचन कार्यक्रम सम्पन्न
डुवर्स नेपाली साहित्य सभाको पुरस्कार अलङ्करण साथै पत्रिका विमोचन कार्यक्रम सम्पन्न

दिलीप शर्मा घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा डुवर्स नेपाली साहित्य सभाका मूलसचिव किरण उपाध्यायले स्वागत सम्बोधन गरे भने मुख्य अतिथि डा साङ्मु लेप्चाले साहित्य सृजनमा नारीहरूको भुमिकामाथि आफ्नो विचार पोख्नु भयो। अगोसका अध्यक्ष कृष्ण भुजेलले असमका नेपालीहरूले अराजनैतिक संस्थाको माध्यमबाट गरेको कार्यहरू र उपलब्धीहरू आफ्नो सम्भाषणमा राखे भने मूलसचिव सञ्जीव दाहालले अराजनैतिक सङ्गठनमा सबै नेपाली भाषीहरू जातिगतरुपमा एक हुनुनै ठुलो शक्ति बताए। समाजसेवी जुगेश राईले पनि समाजमा सबै अघि आएर कार्य गर्नुपर्ने कुराहरू राखे भने कार्यक्रमका अध्यक्ष सितम मोक्तानले आफ्नो अध्यक्षीय सम्बोधनमा सबैलाई समेटेर साहित्य सँगसँगै हर क्षेत्रमा युवाहरूको भुमिका महत्वपूर्ण रहेको बताए भने कोषाध्यक्ष सबीन थापाले कार्यक्रममा उपस्थिति दिने साथै प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै सबैलाई धन्यवाद साथै आभार प्रकट गरेका छन्।

याे पनि हेर्नुस्

Amazon

Hohem iSteady X – 3-Axis 259g Lightweight Smartphone Gimbal

Hohem iSteady X – 3-Axis 259g Lightweight Smartphone Gimbal Foldable Handheld Pocket Stabilizer Youtuber Vlogger Live Video for iPhone 11 Pro Max X XS, Android

Buy Now

Leave a comment