डुवर्स तामाङ बौद्ध संघको वार्षिक साधारण सभा

डुवर्स तामाङ बौद्ध संघको पाँचौँ वार्षिक साधारण सभा आइतवार डुवर्सको बीरपाडास्थित पथेर साथीको प्रेक्षागृहमा सम्पन्न

कालचिनीः डुवर्स तामाङ बौद्ध संघको पाँचौँ वार्षिक साधारण सभा आइतवार डुवर्सको बीरपाडास्थित पथेर साथीको प्रेक्षागृहमा सम्पन्न भयो। यस अवसरमा संघको चीफ प्रिन्सिपल पेट्रोन सतिश थिङ र असिम पाख्रिनको प्रमुख उपस्थिति रहेको थियो भने दुवैले कमिटी चुनाउको पर्यवेक्षकको भूमिका निर्वाह गरेको थियो। ब्यालेटद्वारा निर्वाचन हुन असम्भव भएकोले पूर्व, मध्य र पश्चिम डुवर्सको प्रायः ४५ जना केन्द्रिय सदस्यहरूको उपस्थितिमा धेरै छलफलपछि अन्ततः विदाई अध्यक्ष डीबी वाईबा र महासचिव कुमार गोलेलाई नै पुनः अध्यक्ष र महासचिवमा सर्वसम्मतिले नियुक्त गरिएको चुनावी पर्यवेक्षकद्वय सतिश थिङ र असिम पाख्रिनले जनाएका छन्। आगामी ३ वर्षको निम्ति अध्यक्ष डीबी वाईबा र महासचिव कुमार गोलेलाई पद बहाली गरेको बताइएको छ।


वार्षिक साधारण सभाको शुरुवातमा दिवङ्गत तामाङ हस्तीहरुको स्मृतिमा मौन धारण पालन अनि अष्टमङ्गल पाठ सम्पन्न गरिएको थियो भने विदाई महासचिव कुमार गोलेले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो। सर्वसम्मतिले सबै सम्माननीय सदस्यहरूले फेरि ३ वर्षको निम्ति आफूहरूलाई केन्द्रिय अध्यक्ष र महासचिवमा नियुक्त गरेकोमा क्रमैले डीबी वाईबा र कुमार गोलेले आभार व्यक्त गरेका छन्। वार्षिक साधारण सभाले सबै सदस्यहरूको सहमतिले पुनः डीबी वाईबालाई अध्यक्ष र कुमार गोलेलाई महासचिवमा नियुक्त गरिएको चुनावी पर्यवेक्षकद्वय सतिश थिङ र असिम पाख्रिनले संयुक्त रुपमा जानकारी गराएका छन्।

याे पनि हेर्नुस्

Leave a comment