हावा हुन्डुरीले व्यापक क्षति

कालचिनीः अपरान्ह ४ बजी प्रायः २ मिनट अचानक आएको काल बैशाखीको हावा हुन्डुरीले कालचिनी खण्डको मेचपाड़ा, ८ नम्बर, भाटपाडा, राइमाटाङ र कालचिनीमा व्यापक क्षति पुऱ्याएको छ। चक्रवाती हावाले कमानको छायादार रुखहरू ढलेको छ भने कमानको बाटो रुख ढलेकोले अवरुद्ध बनेको छ।


यता मेचपाड़ा ८ नम्बर गाउँमा श्रमिकहरूको आवासमा रुख झर्दा घर क्षतिग्रस्त बनेको र बिजुलीको तारहरू र बिजुली खाँबा सबै लडेकोले गाउँ नै जोखिमपूर्ण बनेको छ। यद्यपि कुनै मानिसको ज्यान भने गएका छैनन्। तथापि भुँवरीले लडाएको गर छेउका रुख ढल्दा श्रमिक आवासहरू क्षतिग्रस्त बनेको छ।

अर्कोतिर बिजुली खाँबा लडेकोले गाउँमा बिजुली परिसेवा ठप्प बनेका छन् भने यसले पिउने पानीको सर्वराह बन्द भएको छ। यता मेचपाडा चियाकमानमा सर्वाधिक छायादार रुखहरू ढलेकोले कमान अस्तव्यस्त बनेको छ।

याे पनि हेर्नुस्

Leave a comment