माक्रापाडामा त्रिवेणी सङ्घद्वारा वृक्षरोपण

माक्रापाडाः आज विश्व पर्यावरण दिवसको हो। आजकै दिनलाई ध्यानमा राखेर माक्रापाडा त्रिवेणी सङ्घले वृक्षरोपण कार्यक्रम गऱ्यो।

यस कार्यक्रम अन्तर्गत माक्रापाडा आइतबारे बजारदेखि एसएसबी क्याम्पसम्म बिभिन्न प्रजातीको १५० वटा वृक्ष रोपण गरियो।

 

यस कार्यक्रममा सङ्घका सम्पूर्ण सदस्य लगायत माक्रापाडा चियाबारीका प्रबन्धक  दिपेशकुमार कर्ण तथा एसएसबी १७ बटालियनको ए.सी. सोधा कालजी अनि एस.एस.बी. जवानहरूको बिशेष उपस्थिति अनि सहयोग रहेको थियो भनि त्रिवेणी सङ्घका अध्यक्ष सबिन थापाले जनाएका छन्।

यसै गरी बिरूवा प्रदान गरिदिएकोमा दलगाँव रेन्जका रेन्जरप्रति त्रिवेणी सङ्घले आभार व्याक्त गरेका छन्।

Leave a comment