एसएसबी ५३ बाहिनीद्वारा राधारानीमा भलिबल खेल प्रतियोगिता

एसएसबी ५३ बाहिनीद्वारा राधारानीमा भलिबल खेल

कालचिनीः एसएसबी ५३ बाहिनीका कमाण्डेन्ट विजय सिंहको नेतृत्वमा भारत भोटाङ सीमान्त नयाँबस्ती बीओपी कार्यक्षेत्रमा पर्ने स्थानीय क्लब/ग्रामीण भलिबल टोलीलाई आमन्त्रण गरी भलिबल प्रतियोगिता आयोजना गऱ्यो। नागरिक कल्याण कार्यक्रम अन्तर्गत सशस्त्र सीमा बलले नवनिर्मित भलिबल खेल मैदान राधारानी र चुवापाड़ाका गाउँलेहरूलाई हस्तान्तरण गरेको थियो। यस पहलको मुख्य उद्देश्य ग्रामीण युवा/नागरिकहरूबीच खेलकुद प्रतियोगिता जागृत गर्नु र उनीहरूलाई भारत सरकारको मूलधारमा जोडेर समृद्ध समाज र वातावरण सिर्जना गर्नु र युवाहरूलाई खेलकुदमा उनीहरूको भविष्यमा उच्च आयामहरूमा पुग्न मद्दत गर्नु रहेको एसएसबी सुत्रले जनाएका छन्।
सो अवसरमा ५३औँ बाहिनी सशस्त्र सीमा बलका अधिकारी ललेन्द्र रत्नाकर, नायब कमाण्डेन्ट, कमाण्ड इन्चार्ज नयाँबस्तीलगायत स्थानीय जनप्रतिनिधि तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। भलिबल प्रतियोगितामा स्थानीय २ टोलीको सहभागिता रहेको थियो। सो अवसरमा डेपुटी कमाण्डेन्ट लालेन्द्र रत्नाकरको नेतृत्वमा भलिबल टोलीका प्रत्येक खेलाडीलाई विजयी र उपविजेता टोलीलाई मेडल, ट्रफी र खेलकुद सामग्री प्रदान गरी प्रोत्साहन गरिएको थियो। अन्तमा डेपुटी कमाण्डेन्ट लालेन्द्र रत्नाकरले आफ्नो सम्बोधनमा यस्ता प्रतियोगिताबाट सीमावर्ती क्षेत्रका युवाहरूले खेलकुदमा आफ्नो पहिचान स्थापित गर्ने र समाजमा युवाहरूलाई स्वस्थ जीवन जिउने अवसर प्राप्त हुने र लागुऔषधी जस्ता दुर्व्यसनबाट टाढा रहनु प्रेरणा दिन बताए। जयगाउँ, खोक्ला र सुन्तलाबारीमा पनि यसप्रकारको खेलाको आयोजना गर्ने योजना रहेको एसएसबी सुत्रले जनाएका छन्। खेलकुदसँगै वाहिनीले सीमावर्ती क्षेत्रका युवा–युवतीलाई रोजगारीमा सहयोग पुऱ्याउनका लागि नागरिक कल्याण कार्यक्रमअन्तर्गत सीप विकास तालिम पनि निरन्तर दिँदै आएको एसएसबी अधिकारीहरूले जनाएका छन्। उपरोक्त कार्यक्रमसँगै मंगलवार कार्यक्रम स्थलमा मानव स्वास्थ्य परिक्षण शिविरको पनि आयोजना गरिएको थियो जसमा पुरुष, महिला लगायत बालबालिकालाई डा. धर्मराज ए.जे. सहायक कमाण्डेन्ट, मेडिकल अफिसरले परीक्षण गरी निःशुल्क औषधि वितरण गरेका थिए।

याे पनि हेर्नुस्

Leave a comment