दार्जीलिङ : हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले आफ्नो ८४ वर्षीय आमाको साथमा आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले दार्जीलिङको सन्त रोबर्ट हाई स्कूलमा रहेको बुथमा आफ्नो मताधिकार प्रयोग गरेका छन्। आफ्नो मताधिकार प्रयोग गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले दार्जीलिङ पहाडमा चुनाव शान्तिपूर्ण भइरहेको र हामी जुनै पार्टीमा भए पनि भारतको नागरिकको हैसियतले चुनावमा आफ्नो मताधिकार प्रयोग गरिरहेको बताएका छन्। उनले आज २६ अप्रेलमा मतदान भयो र अरू पार्टीहरू आफ्नो घरतिर जान्छन् होला तर हामी भोलि २७ अप्रेलदेखि पुन: जनसेवाको कार्यमा लाग्नेछौं साथै हाम्रो समाज सेवाको कार्य र पार्टी गतिविधिको कार्य जारी रहने बताएका छन्। उनले राज्य सरकार र जीटीएको विरोध गर्दै यहाँको नेताहरू मुख्यमन्त्री ममता ब्यानर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसित बोल्न डराउँछन् भनी बताएका छन्।
