विधायक एवं गोरामुमो नेता निरज जिम्बाले पनि गरे मताधिकार

दार्जीलिङ : दार्जीलिङका भाजपा विधायक एवं गोरामुमो नेता निरज जिम्बाले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले दार्जीलिङको टर्नबुल प्राथमिक पाठशालामा रहेको चुनाव बुथमा आफ्नो भोट गरेका छन्। आफ्नो मताधिकार प्रयोग गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै विधायक निरज जिम्बाले यो चुनाव औपचारिकता मात्रै हौ भन्दै यो चुनाव जीटीएको चुनाव होइन राज्यको चुनाव होइन तर यो दिल्लीमा सरकार बनाउने चुनाव हो भनी बताएका छन्। उनले यो चुनाव विकास र बाटोको चुनाव होइन तर माटोको चुनाव हो भन्दै यो गोर्खाको चिन्हारी र नरेन्द्र मोदी सरकारलाई गोर्खाहरूको लागि सरकार बनाउने चुनाव हो भनी बताएका छन्।

Leave a comment