हरपल यो हर रात


शब्द/ रचना : हरिदास गुरुङ
सङ्गीत : किशन घतानी
सङ्गीत संयोजन : देवराज शर्मा


ताल : ठेका (४/४) सोलो बिट
स्केल : डि माइनर

किशन घतानी
किशन घतानी


हरपल यो हर रात
तिमीलाई सधैँ अङ्गालोमा बाँधिदिए
हरपल यो हर रात तिमीलाई सधैँ
अन्जुलीमा मेरो राखिदिए
तिम्रो मिलनमा खुसीको आभास पाए मैले
(हजार फूलहरूमा तिमी एक पाए मैले) (२)
हरपल………………………………..

सङ्गीत
स्थायी : म भन्दाथे जीवन हाम्रो बतास चाहिँ उडी जाने हो
म सम्झन्थे जीवन हाम्रो मधुहोस मै रहिदिने हो
तर सुन्दर बिहानीमा तिमी छौ भन्नै सकिन (२)
तिम्रो मिलनमा खुसीको आभास पाए मैले
(हजार फूलहरूमा तिमी एक पाए मैले) (२)

सङ्गीत
अन्तरा : हर बिहानीमा मेरो पनि यस्तै बहर सजिएको छ
यसमा सधैँ तिम्रो पनि बहारको मुहान छ
सुनौलो बिहानीमा तिमी छौ भन्नै सकिन
तिम्रो मिलनमा खुसीको आभास पाएँ मैले
हजार फूलहरूमा तिमी एक पाए मैले (२)
हरपल………………………………….

याे पनि हेर्नुस्

Leave a comment