हाट वाहन दुर्घटनाग्रस्त हुँदा तीनजनाको मृत्यु

कालचिनीः मङ्गलबार अबेर साँझ प्रायः ८ बजी मदारीहाट खण्डको भारत भोटाङ सीमान्तमा अवस्थित टोटोपाडामा साप्ताहिक हाट सकेर मदारीहाटतर्फ फर्कन्दै गरेको एउटा हाट वाहन होलापाडा नजीक बुर्जा डाँडामा आइपुग्दा अचानक वाहन अनियन्त्रित भएर पल्टिँदा तीनजना हाट व्यावसायीको घटनास्थलमा नै मर्मान्तिक मृत्यु भएको जान्नमा आएको छ। मृत्यु हुनेमध्ये एकजना धेरै पुरानो हाट व्यावसायी रञ्जन शाहाको रुपमा चिन्हित भएको छ भने अन्य दुइजना व्यावसायी समीर हुसैन र रज्जाक अलिको रुपमा चिन्हित भएको पुलिस सुत्रले जनाएका छन्।अन्य सबै घाइते हाट व्यावसायीहरू अस्पतालमा उपचाराधीन रहेको बताइएको छ।
प्रत्येक मङ्गलवार टोटोपाडामा साप्ताहिक हाट लाग्ने गरेको तर कहिले यस्तो दुर्घटना नभएको तर मङ्गलवार साँझको दुर्घटनाले सबै टोटोपाडा, बल्लालगढी र होलापाडाका मानिसहरू स्तब्ध भएको स्थानीय बासिन्दाहरूले जनाएका छन्। घटनास्थल सुनसान भएको र अँध्यारो भएकोले तत्कालै त्यहाँ पुगेर घाइतेहरूलाई उद्धार गर्न नसकेता पनि छेउछाउमा भएका गाउँलेहरू र घटना सुनेर टोटोपाडाका मानिसहरू घटनास्थलमा पुगेर टर्चलाइट बालेर घाइतेहरूलाई उद्धार गरेका थिए भने केही क्षण पश्चात घटनास्थलमा मदारीहाट थानाका पुलिसबल पुगेर मृतक एवम् घाइतेहरूलाई उद्धार गरेर अस्पताल पुऱ्याएको थियो।

Leave a comment