आज विश्वकवि रबीन्द्रनाथ ठाकुरको १६३औँ जन्मजयन्ती कालचिनीका विभिन्न क्लब अनि संघ संस्थाहरूले पनि आ-आफ्नो ढङ्गमा पालन गरे
कालचिनीः आज विश्वकवि रबीन्द्रनाथ ठाकुरको १६३औँ जन्मजयन्ती कालचिनीका विभिन्न क्लब अनि संघ संस्थाहरूले पनि आ-आफ्नो ढङ्गमा पालन गरियो। यसै क्रममा बुधबार कालचिनीस्थित आरएसपी कार्यालयमा आरएसपीका गण सांस्कृतिक टोली क्रान्ति शिल्पी संघ र संस्कृति संहतीको संयुक्त तत्वावधानमा कविगुरु रबीन्द्रनाथ ठाकुरको जन्म जयन्ती पालन गरिएको जानकारी पूर्णमान राईले दिएका छन्। कविगुरुको नाममा रबीन्द्र सङ्गीत प्रस्तुत गरिएको थियो भने गुरुदेव रबीन्द्रनाथ ठाकुरको जीवनी सम्बन्धमा वक्तव्य साथै कविता वाचन पनि गरिएको थियो।
यसै क्रममा कालचिनीस्थित श्री कम्प्यूटर केन्द्रमा पनि विश्वकवि रबीन्द्रनाथ ठाकुरको १६३औँ जन्म जयन्ती पालन गरिएको सो कम्प्यूटर प्रशिक्षण केन्द्रको प्रभारी चन्दन छेत्रीले जनाएका छन्। विश्वकवि रबीन्द्रनाथ ठाकुर विश्वकै कला, संस्कृति अनि साहित्यप्रेमीहरूको निम्ति अभिप्रेरणा रहेकोले तिनको सुनाम रहेको र सबैले नै आज तिनको जन्मदिन पालन गरिएको चन्दन छेत्रीले जनाएका छन्।
याे पनि हेर्नुस्
Amazon
Gaming Microphone

FIFINE USB Gaming Microphone Set with Flexible Arm Stand Pop Filter, Plug and Play with PC Desktop Laptop Computer, Streaming Podcast Mic Kit for Home Studio (T732), Black, Unidirectional, Black