असक्त परिवारलाई सहयोग गर्न सम्पूर्ण गाउँले अघि आए

एउटा घरमा सबै परिवार बिरामी गाउँलेले गरे सहयाेग

बिरामी उज्ज्वाल विश्व
बिरामी उज्ज्वाल विश्व


दलसिंहपाडाः दलसिंहपाडा रणबहादुर बस्ती स्थित एक नम्बर पार्टका एउटा परिवारमा सबै बिरामी रहेको छ । जसमा कमल विश्व ( बाबा ) विगत पाँच वर्षदेखि प्यार्लाइस भएर ओछ्यान परेका छन् भने छोरा महिपल विश्व मिर्गौलामा पथरिया भएर रोग ग्रस्त छन् । त्यसै परिवारमा महिपल विश्वका १२ वर्षीय छोरा मनिस विश्वलाई पनि मिर्गौलामा नै १७ एम.एम.को पथरिया भएको छ। यस्तो अवस्थामा परिवार गुजारा गरिरहेको बेला दैवको मार गरीबिमाथि बेसी बर्सन्छ भने झैॅ महिपाल विश्वका भानिज ११ वर्षीय उज्ज्वाल विश्व केही दिन अघि गाई चराउन गएको बेला रुखबाट झरेर दुईवटा खुट्टा भाचिएर थला परेको छ । परिवारमा कमाउने केही नभएपछि उज्ज्वाल विश्वको प्राथमिक उपचारपछि घरमा नै ल्याइराखेको छ। दुईवटा खुट्टा पूर्णरुपमा निको हुन तीन महिना लाग्ने र अनुमानिक तीस पैतिस हजार रुपियाँ लाग्ने बताइएको छ।

पञ्चायत सदस्य कान्छा लामा : सहयाेग राशी प्रधान गर्दै
पञ्चायत सदस्य कान्छा लामा : सहयाेग राशी प्रधान गर्दै


यसै असक्त परिवारलाई सहयोग गर्न गाउँका पञ्चायत सदस्यसहित सम्पूर्ण गाउँले अघि आएको छ । सम्पूर्ण गाउँलेको पक्षमा पञ्चायत सदस्य कान्छा लामाले नगत पाँच हजार रुपियाँ बिमारी उपचार खर्च दिए भने गाउँका मिलन छेत्री, पुष्पा पोख्रेल, गीता अधिकारी दुर्गा माया छेत्री आदिले लता कपडा र केही खाने कुरा दिएर सहयोग गरेका थिए । नातीलाई सानैदेखि यहाँ ल्याएर मैले हुर्काए, नानीको बाबा नभएको र आमा बहिर रहेको छ । यसलाई उपचार गर्ने खर्च छैन । आज हाम्रो गाउँका मेम्बर र गाउँलेहरूले सहयोग गर्नु भयो । यसका निम्ति सबैलाई धन्यवाद छ भनि बिमारीको हजुरआमा कान्छी विश्वले भने । गाउँलेलाई आपातविपत पर्दानै त हामी गाउँले अघि आउनु पर्छ । यस्तो अवस्थामा रहेको देखेर हामी गाउँ उन्नयन कमिटीको तर्फबाट केही रकम र समान दिएर सहयोग गरेका छौँ । अझ हामी केही अरू स्रोतहरूबाट पनि सहयोग गर्ने आश्वसन दिँदै अरु सहयोगी मनहरूलाई अघि आई सहयोग गरिदिने सचेतक मिलन छेत्रीले अपिल पनि गरे । पञ्चायत सदस्य कान्छा लामा सहित पञ्चायत समिति महेन्द्र धमला, कमल लामा, ठोकर कान्छा, चन्द्रे राई, केशव छेत्री, पुष्पा पोख्रेल, बसन्ती तामाङ, गीता अधिकारी, दुर्गा माया छेत्री, सबिता छेत्री आदि गाउँ उन्नयन कमिटीमा सदस्यहरू उपस्थित थिए ।

याे पनि हेर्नुस्

Amazon

Anker 537 Power Bank

Anker 537 Power Bank, 24,000mAh 65W Full Speed Charging Power Bank, (PowerCore 24K for Laptop)for Lenovo, HP, Dell, Microsoft, Macbook, iPad, iPhone & Apple Watch Series and More.

Buy Now

Leave a comment