भारतीय किराँत खम्बु राई रुहुपको वार्षिक सभा सम्पन्न


सिलगढी : भारतीय किराँत खम्बु राई रुहुपको सिलगढी स्थित सहिद नगरको एउटा कम्युनिटी हलमा वार्षिक सभा सम्पन्न भयो। उक्त सभाको सभाध्यक्ष भारतीय किराँत खम्बु राई रुहुपको अध्यक्ष मोहन दुङ्मालीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा डा चन्द्रकुमार राई उपस्थित थिए। सभाको सुरुवात सभाका अध्यक्षले स्वागत उद्बोधन गरेपछि स्वागत सम्बोधन केन्द्रीय समितिका उपाध्यक्ष सरस्वती राइले प्रस्तुत गरे। उक्त सभामा भारतको विभिन्न राज्यबाट सदस्य सदस्यहरू बिहार राज्यबाट डा. वीरेन्द्र सिंह राई, श्यामकुमार राई (सिलङ) दार्जिलिङ, सिक्किम, कालेबुङ, खरसाङ, डुवर्स आदि ठाउँहरूबाट प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभामा विभिन्न राज्यबाट आएका प्रतिनिधिहरूले मन्तव्य पेश गरेका थिए। सभालाई सम्बोधन गर्ने क्रममा बिहार राज्यबाट उपस्थित भएका डा वीरेन्द्र सिंह राईले बिहारमा ऐतिहासिक रूपमा हेर्दा १९०२ को भारतीय सर्भेमा बिहार राज्यमा अधिकांश राई जाति थिए भन्ने जानकारी गराए। त्यसै प्रकारले सम्बोधन गर्ने क्रममा सन्तोषकुमार राई सिक्किम, मनकुमार राई सिलगुढीले हामी किराँती जातिले अबदेखि कुनै पनि सरकारी फारम भर्द हामी किराँती धर्म नै लेख्नुपर्नेमा जोड दिए। त्यसै प्रकारले सम्बोधन राख्ने क्रममा डुवर्सका प्रतिनिधिको रूपमा उपस्थित भएको प्रशान्त थुलुङ दार्जिलिङबाट उपस्थित भएका डा विष्णु चामलिङ, बिना राई, श्यामकुमार राई आदिले सभालाई सम्बोधन गरे।

भारतीय किराँत खम्बु राई रुहुपको वार्षिक सभा
भारतीय किराँत खम्बु राई रुहुपको वार्षिक सभा
भारतीय किराँत खम्बु राई रुहुपको वार्षिक सभा


सभामा उपस्थित भएका सम्पूर्ण प्रतिनिधिहरूको बृहत छलफल र चर्चापछि आगामी दिनमा भारतीय किराँत खाम्बु राई रुहूपको राष्ट्रिय स्तरको बृहत सम्मेलन गर्ने र त्यस बृहत सम्मेलनमा किराँत जातिको वर्तमानमा अव्यवस्थित रूपमा चलिरहेको लिपि भाषा र धर्मलाई राष्ट्रिय स्तरमा परिचित गराउने काम गर्ने निश्चित गरे। त्यसै प्रकारले उक्त सभामा उपसमितिहरूको गठन गरे। लिपि निर्माण समितिमा संयोजकका रूपमा डा वीरेन्द्र सिंह राई, डा विष्णु चामलिङ चयन गरियो भने त्यसै प्रकारले धर्मनिर्माण समितिमा प्रमुख संयोजकको रूपमा मणिकुमार राई लगायत प्रशान्त थुलुङ, मनोज राई विक्रम राई आदि चयन भए।

भारतीय किराँत खम्बु राई रुहुपको वार्षिक सभामा सम्बाेधन गर्दै प्रशान्त थुलुङ
भारतीय किराँत खम्बु राई रुहुपको वार्षिक सभामा सम्बाेधन गर्दै-प्रशान्त थुलुङ


उक्त चयन भएका उपसमितिहरूले आगामी दिनमा शोधपरक प्रतिवेदन केन्द्रीय समितिलाई बुझाउनुपर्ने आग्रह गरे।
यसै सभामा आजीवन सदस्यता ग्रहण गर्ने सदस्य ए के राई, बिना राई, श्यामकुमार राईलाई स्वागत साथै सम्मान पनि गरे। सभाको अन्त्यमा प्रमुख अतिथिले सम्बोधन गरे भने सभाध्यक्ष मोहन दुङ्मालीले भारतीय किराँत खाम्बु राई रूहुपको स्थापना र यसको कार्यविधि के कस्तो रहेको छ भन्ने सम्पूर्ण जानकारी गराउँदै भारतको विभिन्न राज्यबाट उपस्थित भएका प्रतिनिधिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरे भने सभाको सञ्चालन सञ्जय दुङ्मालीले गरेका थिए।

याे पनि हेर्नुस्

Leave a comment