डा. जमदग्नि उपाध्यायको कृति ‘जाति समस्या र नेपाली जाति’ को
केही ऐतिहासिक तथ्य र केही कथ्यहरूबारे संक्षिप्त टिप्पणी-1
– जनार्दन थापा
समाजवाद तथा साम्यवाद आउँला र हामी सबै जातिले प्रकृत समान हकरमर्यादा पाउँला भनेर दुनियाँका कुनै पनि जाति आफ्नो विकास र मुक्तिका प्रयासहरूलाई छाडेर हात बाँधेर बसिरहेका छैनन्। पुनर्निवासचाहने पेलेस्टाइनीहरू र वर्णवाद – विरोधी अफ्रिकानहरू जस्ता कतिपयजातिसत्ताहरूले चलाई ल्याएका प्रयासहरू आज दुनियाँका हर समुक्तिकामीऔँ प्रगतिवादी जातिसत्ताका अनुप्रेरणा भएका छन्। (पृष्ठ 222) – डा. जमदग्नि उपाध्याय
डा. जमदग्नि उपाध्यायकृत पुस्तक ‘जाति समस्या र नेपाली जाति’ (ऐतिहासिक वस्तुवादको दृष्टिकोणमा) अत्यन्त सान्दर्भिक रूपमा भारतीय नेपालीको ऐतिहासिक दस्तावेज हो । जाति समस्याको पृष्ठभूमिमा नेपाली जातिको विकाश प्रकृया, समस्या र समाधानका निम्ति मार्क्सवादी दृष्टिकोणमा निसन्देह यो पुस्तक- ‘जाति समस्या र नेपाली जातिको गहन आलोचनात्मक अनुसन्धानको पहिलो नेपाली कृति हो।
डा. जमदग्नि उपाध्यायजी एकजना सरकारी चिकित्सक र चिकित्सा प्रशासक पेशामा पनि रहनु भएर पनि मार्क्सवादी दर्शनमा यति गहिरो बौद्धिक दखल र सुझबुझ एवम् विश्लेषण तथा संश्लेषण गर्नु सक्ने विद्वता भारतीय नेपाली बौद्धिक जगतमा देखा परेको थिएन। यसमा गणेशलाल सुब्बालाई अपवाद मान्नु सकिन्छ।
किन पढ्नु यो ‘जाति समस्या र नेपाली जाति’ पुस्तक ?
कुनै पनि जातिले अरु जातिहरूलाई यदि उत्पीडित गर्दछ भने स्वयम् पनि स्वतन्त्र हुनु सक्तैन। – एङ्गेल्स1
स्वाधीनताको छिहत्तर वर्षहरू बितेर गई सक्दा पनि विभिन्न कारणहरूले परिवर्तनशील भारतका विभिन्न भौगलिक सन्धीय राज्यहरूमा छरिएर बस्नु बाध्य भएका भारतीय नेपालीहरूका समस्याहरू कुनै खास रूपमा समाधानहरू भएका छैनन्। विद्वान लेखक डा. जमदग्नि उपाध्यायजीले भारतीय नपालीहरूका समस्याहरूलाई विद्वतापूर्वक भारतीय विविधतापूर्ण राजनीतिक र आर्थ-सामाजिक भिन्नता र विविधताहरूलाई गहिरो अन्तर्दृष्टिले व्यख्या र विश्लेषण तथा संश्लेषम गरिनुमा सक्षम हुनु भएको छ। यसर्थ यस पुस्तकलाई सबैले पढ्नु र आलोचना गर्नु आवशयक छ।
मार्क्सवादी दर्शनको सैद्धान्तिक आधारमा मानव समाजको अध्ययन गर्ने ऐतिहासिक भौतिकवादको दृष्टिकोणमा जातिको उत्पत्ति, भारतमा जातिको अवस्था र नेपाली जातिको विकाश प्रक्रियालाई क्रमवद्ध वैज्ञानिक दृष्टिकोणमा प्रस्तुत गर्नु भएको छ ।” जाति समस्या र नेपाली जाति-ऐतिहासिक वस्तुवादको दृष्टिकोणमा’ भने यस पुस्तकमा भएका प्रस्तुति र प्रस्तावनाहरूले के स्पष्ट पार्दछ भने जाति र जातीयता, नेपाली जाति र जातीयताको ऐतिहासिक विकाश प्रक्रिया, समस्या र सङ्घर्षहरूको गहण अध्ययन, अनुसन्धान एवम् विचार र विश्लेषणसहित वैज्ञानिक ढङ्गमा संश्लेषण गर्नुको निम्ति डा. जमदग्नि उपाध्यायजीले कठोर अध्यन र मनन् एवम् विश्लेषणको लागि सत्प्रयास गर्नु भएको तथ्यलाई अस्वीकार गर्नु सकिँदैन।
सर्वहाराका महान नेता कमरेड लेनिन भन्नु हुन्छ,- “विकासमान पुँजीवादले जातीय प्रश्नको दुईवटा प्रवृतिहरूबारे थाहा छ । पहिलो, राष्ट्रिय जीवन र राष्टिय आन्दोलनको जन्म, सबै जातीय उत्पीडनको खिलाफ सङ्घर्ष, राष्ट्रिय राज्यहरूको गठन। राष्ट्रहरूमाझ सबै प्रकारको विकास र त्यसमा तेजी, राष्ट्रिय बाधाहरू टुक्रिनु, पुञ्जिको, सामान्यत: आर्थिक जीवन, राजनीति, विज्ञान आदिको अन्तराष्ट्रिय एकताको जन्म हुँदछ। दुबै प्रवृतिहरू पुँजीवादको विश्वव्यापी नियम हो।“(जोसेफ वी. स्तालिनको पुस्तक ‘लेनिनवाद के बारे में’ पुस्तकबाट उद्दृत पृष्ठ- 65)
जातीयताबारे उपर्युक्त लेनिनको सैद्धान्तिक कथनलाई आधार गर्नु भएर जोसेफ वी. स्तालिनले के परिभाषित गर्नु हुन्छ भने,“यसकारण, जातीय प्रश्नका दुईवटा पहलु छन्, त्यसमा दुईवटा प्रवृतिहरू छन्: साम्राज्यवादको साङ्लोबाट राजनीतिक मुक्तिको प्रवृति र एउटा स्वतन्त्र राष्ट्रिय राज्य निर्माणको प्रवृति-यस्तो प्रवृति साम्राज्यवादी उत्पीडन र उपनिवेश शोषणको फलस्वरूप जन्मिन्छ; तथा राष्ट्रहरूमाझ अरु अझै घनिष्ट आर्थिक सम्बन्धहरूको प्रवृति जो एउटा विश्वबजार विश्व आर्थिक व्यवस्थाको निर्माणको फलस्वरूप जन्मियो।”(जोसेफ वी. स्तालिनको पुस्तक ‘लेनिनवाद के बारे में’ पुस्तकबाट उद्दृत पृष्ठ-65) तर डा. जमदग्नि उपाध्यायजीले यस पुस्तकमा गर्नु भएको भारतीय नेपाली जातीयताको समस्या भनेको भारतीय संघ राज्य भित्रको संविधान आधारित राष्ट्रिय राज्यको भनेर बुझ्नु आवश्यक छ।
पुँजीवाद भनेको मुनाफा केन्द्रित आर्थ-सामाजिक व्यवस्था हो भन्ने राजनीतिक तथ्यलाई लेखक डा. जमदग्नि उपाध्यायको समझदारी भनेको मार्क्सवादी सैद्धान्तिक दृश्टिकोणको रहेको छ। र यसै पुँजीवादी विकाशको प्रकृयाले असमान विकाश ल्याउने गर्दछ। जसले गर्दा देशका विभिन्न राजनीतिक र भौगलिक क्षेत्र र त्यस क्षेत्रहरूका जातिहरूमा असमान विकाश र उपेक्षाले निश्चित रूपमा क्षेत्रिय असन्तोष र जातीय उपेक्षाको समस्याहरू उत्पन्न हुने गर्दछ। यस्तै जातीय समस्याहरू भारतीय समाजमा जोडदार रूपमा उठिरहेको दसकहरूमा खास गरी सन् 1989 मा “जाति समस्या र नेपाली जाति ; ऐतिहासिक वस्तुवादको दृष्टिकोणमा” पुस्तक प्रकाशित हुनु नै महत्त्वपूर्ण ऐतिहासिक प्रसङ्ग रहेको तथ्यलाई स्मरण गर्नु पर्दछ।
यसर्थ भारतीय नेपाली जातीय गणतान्त्रिक अधिकारहरूका निम्ति जागरुक र सङ्घर्षशील हुनुको निम्ति हामी सबैले यो पुस्तक पढ्नु जरुरी छ।
भारतीय नेपाली जातीयताको राजनीतिक पाठ्य पुस्तक : जाति समस्या र नेपाली जाति
(ऐतिहासिक वस्तुवादको दृष्टिकोणमा )
जाति भनेको के हो ?
जाति भनेको प्राथमिक रूपले एउटा समुदाय हो, मानिसहरूको एउटा निश्चित समुदाय हो। यो समुदाय नस्लीय (Racial) होइन, न यो प्रजातीय (Tribal) हो। आधुनिक इटली जातिको निर्माण रोमन, ट्यूटन, इटुस्कान, ग्रीक, अरबहरू, आदिबाट भएको थियो। गौल, रोमन, बृटन, ट्यूटन, आदिबाट फ्रान्सेली जातिको निर्माण भएको थियो। अङ्ग्रेज, जर्मन र अन्यहरूको सम्बन्धमा पनि यही कुरा लागु हुन्छ, किनभने तिनीहरू विविध नस्ल तथा प्रजातिहरूबाट जाति बनेका थिए।
त्यसैले, जाति भनेको कुनै नस्लीय वा प्रजातीय समुदाय होइन, बरु ऐतिहासिक दृष्टिले स्थापित एउटा जन-समुदाय हो। -जोसेफ वी. स्तालिन, (मार्क्सवाद र जातीय सवाल, पृष्ठ-3)
“जाति समस्या र नेपाली जाति-ऐतिहासिक वस्तुवादको दृष्टिकोणमा” पुस्तकको विषयवस्तु र ऐतिहासिक वस्तुवादको दृष्टिकोणमा विश्लेषणको राजनीतिक दृष्टिकोणको सवालमा भन्नु पर्दा निसन्देह भारतमा नेपाली भाषामा लेखिएको यो पहिलो राजनीतिक पाठ्य पुस्तक हो। नेपाली भाषामा लेखिएको राजनीतिक दस्तावेज पनि हो। सबै नेपालीहरूले पढ्नै पर्ने एउटा जरूरी पाठ्यक्रम नै हुने गर्दछ यो “जाति समस्या र नेपाली जाति – एतिहासिक वस्तुवादी दृष्टिकोणमा” पुस्तक।
जाति समस्या र नेपाली जाति को अध्ययन र अनुसन्धानमा लिएका सन्दर्भ र टिप्पणीहरू विषय वस्तुलाई बुझ्नुको निम्ति सहज र सरल बनाउनु वैज्ञानिक प्रक्रिया अनुसार उपयोग गर्नु भएको देखिन्छ। मार्क्सवादी चिन्तक र विद्वान लेखक डा. जमदग्नि उपाध्यायजीले कतै पनि आफ्ना राजनीतिक विचार र दर्शनलाई स्थापित गर्नु चाहनु भएका छैनन् नेपाली जाति र तिनको समस्याको मूल आधार र समाधानको निम्ति विभिन्न तथ्य र तर्कहरूका निम्ति सन्दर्भ र टिप्पणीहरूलाई सठीक प्रकारले सदुपयोग गर्नु भएकोछ भनेर नै यस कृतिलाई हामीहरूले अध्ययन र मनन् गर्नु आवश्यक छ। यद्यपि विद्यमान विश्वमामा मार्क्सवादले” तटकारो रूपमा राजनीतिक र आर्थ – सामाजिक विश्वलाई सफलतापूर्वक विचार र विश्लेषण एवम् पथ प्रदर्शन तथा नेतृत्व गर्नुमा सक्षम र सम्पन्न छ तर वर्गीय समाजमा व्यवहारिक प्रयुक्तिको प्रकृयाहरूमा आज पनि मार्क्सवाद संघर्षरत देखिन्छ यसै सङ्घर्षरतलाई कतिपयले असफल भयो भनेर भन्ने गर्दछन्। यसर्थ मानव समाज विकाशको चरणवद्ध प्रक्रियाहरूमा हुने उतार र चढाउलाई पनि ऐतिहासिक मार्क्सवादी ऐतिहासिक वस्तुवाद (भौतिकवादी) र ऐतिहासिक द्वन्द्ववादको दर्शनद्वारा बुझ्नु आवश्यक छ। र यस आवश्यकतालाई सहज भाषामा मार्क्सवादी चिन्तक र विद्वान लेखक डा. जमदग्नि उपाध्यायजीले आफ्नो पुस्तक – ‘जाति समस्या र नेपाली जाति’- (ऐतिहासिक वस्तुवादको दृष्टिकोणमा) विधिन्न ऐतिहासिक तथ्य र उदाहरणहरू प्रस्तुति गर्नु हुँदै व्यावहारिक रूपमा बुझाउँने प्रयास गर्नु भएको छ। यसकारण यस पुस्तकलाई एउटा पाठ्यक्रमको रूपमा अध्ययन गर्नु आवश्यकता रहेको छ भनेर बुझिन्छ।
यस पुस्तकको मुख्य विशेषता हो – जातीय चेतना भनौ खास गरेर नापाली जातिसत्तालाई समग्र समाज र भारतीय समाज विकाशको धारा अन्तर्गत सोदाहरण व्यवहारिक रूपमा बुझाउने प्रयास गर्नु। यस ऐतिहासिक महत्वमाथि नै प्रयास पनि निहित रहेको देखिन्छ। जातीय उत्पीडनको विरुद्धमा हुने सङ्घर्षले उग्र जातीय अहङ्कारवादको रूपमा परिणत नहोस भन्ने महान आशयलाई, “…आफ्नो जाति-भाषा-संस्कृति आदि प्रतिजसरी श्रद्धा र गौरव गरिन्छ, अरुको जाति-भाषा-संस्कृति परति पनि उत्तिकै श्रद्धा गर्नु पर्दछ। आफ्नो जातिलाई प्रेम गर्नुको मतलव अर्काको जातिलाई अवहेलना गर्नु होइन।”(पृष्ठ 190) यसरी जातीय सम्प्रिति र एकतको आह्वान गर्नु भएर यस पुस्तक माध्यम लेखकले गणतान्त्रिक राजनीतिक चेतनालाई सम्प्रसारित गर्नु चाहनु भएको देखिन्छ।
“…….विकासमुखी भएता पनि नेपाली जाति अझै पनि भारतवर्षको एक पछौटे जाति हो। तर यो कति कारणले पछौटे हो ? यस कुराको प्रकृत स्थितिलाई सावित गर्नको लागि कतिपय आँकडा र तथ्यपानिको खोजार हुनु पर्दछ अनि तिनलाई यथास्थानमा औँ यथा समयमा टकाउन सक्नु पर्दछ आज कुन विभागमा कति शतांश नेपाली छन्, कति शतांशले पछौटे भन्छ, कति शतांशले अगौटे भन्छ – त्यो पनि हामी सबैलाई जानकारी हुनु जरुरी छ। नत्र भोली कसैले ‘नेपालीहरू अब पछौटे भई रहेका छैनन्‘ भनेर तोकेछ भने केको आधारमा त्यस आई खण्डन गर्नु ? युक्ति – तर्कको युद्धमा जानु पर्दा आफूसँग सधैँ ठोस तथ्यावलिहरू हुनु पर्दछन्। तसर्थ हाम्रा जातीय संस्था वा सङ्गठनहरूले यो कुराको खोजार गरे देखिन हामी सबै उपकृत हुने थिएऊँ।”
डा. जमदग्नि उपाध्यायजीले लगभग साँडे तीन दसक कै अघिपछि नै भन्नु भएता पनि वर्तमानको यथार्थलाई साठीक रूपमा विश्लेषण गर्न सक्षम हुनु भएको छ (थियो) कि, ‘ जातीय समस्या भनेको सामन्तवादी समाजमा नवोन्मेष बुर्जुवा पुँजीवादी चेतनाको प्रगतिशील पक्ष हो तर भारतमा सामन्तवादलाई पूर्ण रूपमा उन्मूलन वा उच्छेद गर्नु नसकेको अवस्थामा लिखित संवैधानिक आधारहरूमा पनि भारतीय जात, जाति वा जातीयताको समस्याहरूका कुनै खास समाधान हुनु सकिरहेको छैन।’
डा. जमदग्नि उपाध्यायजीले भन्नु भएको ऐतिहासिक तथ्यलाई बुझ्नुको निम्ति लेनिनको त्यो भनाईलाई बुझ्ने प्रयास गरौँ जहाँ साम्राज्यवारी देशहरूको आपसी स्वार्थको निम्ति बजार दखलको प्रथम विश्वयुद्धको पूर्व संध्यामा ब्लादमीर लेनिनले राष्ट्रिय आन्दोलनहरूको सम्बन्धमा विश्लेषण गर्नु भएर के हुन्छ भने – “सारा संसार मा सामन्तवादमाथि पुँजीवादको अन्तिम विजय कालसँग राष्ट्रिय आन्दोलनसँग सविधित सम्बन्ध रहेको छ। यी आन्दोलनहरूका आर्थिक आधारको तथ्य के छ भने पुनर्उत्पादनको पूर्ण विष्मय पाउँनुको निम्ति पुँजीपति वर्गको लागि आन्तरिक मन्डीहरूमा कब्जा गर्नु, एउटै भाषा बोल्ने निवासीहरूका राजकीय दृष्टिले एकताबद्ध इलाका हुनु र यस भाषाको विकाश तथा साहित्यमा उसको परिपुष्टिको सबै बाधाहरू हटाइनु आवश्यक छ। भाषा मानिसका पारस्परिक व्यवहारको सबै भन्दा महत्त्वपूर्ण माध्यम हो। यसकारण प्रत्येक राष्ट्रिय आन्दोलनको प्रवृति जातीय राज्य बनाउने दिशातिर हुँदछ। जसको अन्तर्गत आधुनिक पुँजीवादका यी आवश्यकताहरू सबैभन्दा राम्रो ढङ्गले पुरा हुँदछ। गुढतम आर्थिक बढ्य तत्व यसैलक्ष्यतिर लाँदछ र यसै कारण पुरै पश्चिमी यूरोपमा, वरूच पुरैसम्म जगतमा, पुँजीवाद मन्जिलको निम्ति जातीय राज्य नै लाक्षणिक तथा सामान्य अवस्था हो।“ (लेनिन, पृष्ठ: 6-7, जातीयों का आत्मनिर्षय का अधिकार, प्रगति प्रकाशन मास्को, 1981)
वास्तवमा सर्वहाराका महान् नेता कमरेड लेनिन अझ सुस्पस्टतासँग के भन्नु हुन्छ भने,“ जातिहरूको आत्मनिर्णयको माग जनवादी मागहरूमा एउटा माग हो र आरु जनवादी मागहरूदेखि सिद्धान्त: फरक छैन। ” (साम्राज्यवाद का विकृत रूप तथा “साम्राज्यवादी अर्थवाद”, पृष्ठ–13,)
कुन-कुन विषयहरूका विश्लेषनमा आलोचित छन् यस पुस्तकमा ?
‘कुनै पनि सामाजिक समस्यालाई छानबीन गर्ने मामलामा मार्क्सवादी सिदिधान्तको के माग हुन्छ भने त्यस समस्याको छानबीन निश्चित सीमाहरूको भित्र राखेर गरिनु पर्दछर यदि त्यस समस्याको सम्बन्ध कुनै देशसँग छ भने (जस्तै कुनै देशको राष्ट्रिय कार्यक्रम) ती विशिष्ट गुणहरूतिर ऑचित रूपमा ध्य दिईनु पर्दछ जसले त्सै ऐतिहासिक युगका सीमाहरूमा त्यस देशलाई अरु देशहरूबाटअलग गर्ने गर्दछ।‘ -लेनिन, जातियों का आत्मनिर्णय का अधिकार,पृष्ठ, 12
यस पुस्तकमा तत्कलिन समाज सचेतक स्व. रूपनाराणय पाठकको संक्षिप्त “भूमिका” र ‘लेखकीय कलम’को रूपमा “भन्नु पर्ने अलिकति“ बाहेक यस पुस्तक “जाति समस्या र नेपाली जाति- (ऐतिहासिक वस्तुवादको दृष्टिकोणमा)“ आलोचनाको विषय वस्तुलाई जम्मा बाइसवटा बुँदाहरूमा विषद र तथ्यात्मक व्याख्या र विश्लेषण गर्नु भएको छ – जो निम्न प्रकारका छन् –
- 1) ऐतिहासिक वस्तुवादको आलम : छोटो परिचय (पृष्ठ-1)
- 2) जाति’ भनेको के हो ? (पृष्ठ-4)
- 3) मानव सभ्याताको विवर्तन (पृष्ठ-12)
- 4) आदिम साम्यवादी स्तरबाट दासवादी समाज – (पृष्ठ-26)
- 5) दासवादीबाट सामन्तवादी समाज व्यवस्था (पृष्ठ-34)
- 6) अनि जातिको जग बस्तछ) (पृष्ठ-41)
- 7) सामन्तवादीबाट पुँजीवादी समाज व्यवस्था (पृष्ठ: 47)
- 8) साम्राज्यवाद’ – पुँजीवादकै चूडान्त रूप हो। (64)
- 9) फेरी एक चोटी – ‘जाति’ को बारे मा (पृष्ठ: 68)
- 10) उपरिसौध (Super Structure) (उपरिसंरचना) (पृष्ठ: 74)
- 11) पुँजीवादबाट समाजवादी समाज-व्यवस्था (पृष्ठ: 80)
- 12) दुईवटा उल्लेखयोग्य कुरा (पृष्ठ:84)
- 13) भारतमा जाति र जातीयतावाद (पृष्ठ :86)
- 14) ‘नेपाली’ जातिसत्ता
- (क) नेपाल र नेपाली (पृष्ठ : 99)
- (ख) भारतमा नेपाली (पृष्ठ : 105)
- 15) जातिका साधारण वैशिष्ठ्य : नेपालीहरूको जाति गठनको धारा (पृष्ठ: 110)
- 16) जातीयतावादका कतिपय साधारण लक्षण र त्यसको अन्तरनिहित द्वन्द्व : (नेपाली जातिमा पनि एक झलक) (पृष्ठ : 174)
- 17) ‘जाति’ बारे कतिपय भ्रान्त धारणा (पृष्ठ : 183)
- 18) ‘जाति’ को भाग्य निर्धारण (पृष्ठ: 191)
- 19) ‘जाति’ का स्थानीय समस्या र जातिको आत्मीकरण (Assimilation) को सम्भावना (पृष्ठ: 203)
- 20) समाजवादी रुस र चीनमा नयाँ नीतिको भूमिकामा जातिहरू (पृष्ठ: 213)
- 21) अनुसिद्धान्त (पृष्ठ: 218)
- 23) कतिपय समस्या : कतिपय आशा (पृष्ठ: 221)
उपर्युक्त महत्त्वपूर्ण विषयका विस्तृत व्याख्या विश्लेषणमा विद्वान लेखक डा. जमदग्नि उपाध्यायको तीक्ष्ण संज्ञानात्मक बौद्धिकता र तथ्यात्मक तार्किकताको गहन प्रस्तुतिहरू अत्यन्त वैज्ञानिक सम्मत दृष्टिकोणमा आधारित छन् र समकालित भारतीय नेपाली जातीयताको वौद्धिक सङ्घर्षको निम्ति यो पुस्तक ‘“जाति समस्या र नेपाली जाति’ (ऐतिहासिक वस्तुवादको दृष्टिकोणमा)” केही आलोचनाको सापेक्षतामा भन्नु पर्दा अत्यन्त उपयोगी पाठ्य र व्यवहारिक चेतनाको सम्वाहक र विमर्शको निम्ति सान्दर्भिक विषयवस्तु पनि रहेको देखिन्छन्। जातीय समस्याहरूमा नेपालीहरू स्थान विशेषको पार्थकतामा देखा परेका समस्याहरूलाई पनि कुशलतापूर्वक व्याख्या र आलोचना गर्नु भएको छ।