खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान विभिन्न स्थानहरूका भ्रमण

खरसाङ : केही दिनदेखि लगातार रूपमा परिरहेको पानीले खरसाङ नगरपालिकाको विभिन्न स्थानहरूमा क्षय क्षति पुगेको जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिकाको वार्ड नम्बर १ देखि २० सम्मको विभिन्न स्थानहरूमा पानी परेको कारणले पैह्रो गएको जानकारी प्राप्त भएको छ। लगातार परिरहेको पानीको कारणले खरसाङ नगरपालिका क्षेत्रमा पैह्रोले विभिन्न घरहरूलाई खतरा उत्पन्न भएको छ भने कतै पैह्रोले रोड वाधित बनेको जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिकाको विभिन्न स्थानहरूमा पैह्रोले गरेको क्षय क्षतिको रिपोर्ट सङ्कलन गर्नलाई खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान र अन्यको अगुवाईमा विभिन्न स्थानहरूका निरीक्षण भ्रमण गरेका थिए। उक्त भ्रमण गरेर पैह्रोले गरेको क्षय क्षति विषयमा रिपोर्ट सङकलन गरेको जानकारी प्राप्त भएको छ। उक्त क्षय क्षति र भ्रमण विषयमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन् ।

Leave a comment